१२ भाद्र २०८३, शुक्रबार
,
Latest
बाढीपीडितलाई सुदूरपश्चिम कांग्रेस संसदीय दलद्वारा तीन लाख ६० हजार सहयोग विपदमा हामी के गर्न सक्छौ ? रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा प्रधानमन्त्री राहत कोषमा ८७ वर्षीया राणाद्धारा एक करोड ९ लाख सहयोग नेपाल चेम्बरद्वारा प्रहरीलाई १७ वटा ‘सर्भिलेन्स ड्रोन’ हस्तान्तरण एमालेका दुई प्रदेश कमिटीद्वारा राहतका लागि २० लाख सहयोग घोषणा पूर्वप्रधानमन्त्री कार्कीद्वारा एक महिनाको पेन्सन रकम सहयोग केदारनाथ शर्मा बने नयाँ गृह सचिव बाढीपछि भारत र चीनसँग बेलिब्रिज माग्दै नेपाल प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपालद्वारा १५ करोड रुपैयाँ सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्चद्वारा जेनजी घटनासम्बन्धी आयोगका अध्यक्ष कार्कीलाई पदमुक्त गर्न माग गरिएको रिट खारेज



अ+ अ-

काठमाडौँ । जेनजी घटनाको छानबिन गर्न सरकारले गठन गरेको जाँचबुझ आयोगका अध्यक्ष पूर्वन्यायाधीश गौरीबहादुर कार्कीलाई पदमुक्त गर्न माग गर्दै दायर गरिएको रिट सर्वोच्च अदालतले खारेज गरेको छ।

सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्मा, नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले आयोग गठन र अध्यक्ष नियुक्ति कानुनसम्मत रहेको ठहर गर्दै रिट खारेज गर्ने आदेश दिएको हो।

आयोगको निष्पक्षता र औचित्यमा प्रश्न उठाउँदै अधिवक्ता विपिन ढकालले कात्तिक १८ गते आयोगका अध्यक्ष गौरीबहादुर कार्की, सदस्यहरू विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारीविरुद्ध रिट पेस गरेका थिए।

अदालतले रिट निवेदनमा उठाइएका आधारहरू आयोगको कामकारबाही रोक्ने वा अध्यक्षलाई पदमुक्त गर्ने पर्याप्त कारण नभएको निष्कर्ष निकालेको छ।

यससँगै जाँचबुझ आयोगले जेनजी घटनासम्बन्धी छानबिन कार्यलाई निरन्तरता दिने बाटो खुलेको छ। आयोगमा पूर्वएआईजी विज्ञानराज शर्मा र संयुक्त राष्ट्रसंघीय नियोगहरूमा काम गरेका अधिवक्ता विशेश्वरप्रसाद भण्डारी सदस्य छन्।

सरकारले जेनजी घटनामा देखिएका विवाद र सम्भावित कमजोरीबारे सत्यतथ्य पत्ता लगाउन भन्दै आयोग गठन गरेको थियो।