१२ भाद्र २०८३, शुक्रबार
,
Latest
आँबुखैरेनी र देवघाट गाउँपालिकामा २८ शव भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास रसुवा बाढीः २८ व्यक्ति सम्पर्कविहीन चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला रसुवा बाढीबारे निर्णय गर्न प्रधानमन्त्री शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु रसुवामाथि चीनतर्फ बनेको ताल फुट्यो, सुरक्षाकर्मी र सर्वसाधारणलाई सतर्क रहन आग्रह बाढी प्रभावितका लागि आर्थिक सहयोग गर्दा सजग रहन प्रधानमन्त्री सचिवालयको अपील रसुवा बाढी प्रभावितका लागि अष्ट्रेलियाको ५० लाख डलर सहायता, तीन सदस्यीय टोली नेपाल आउँदै बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह पृथ्वीराजमार्गसहित देशका विभिन्न ठाउँका सडक अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

बसाइँ आउँदा दुहुनो गाई, गाउँमै बसे बिनाधितो ऋण दिइने



अ+ अ-

धनकुटा । सुविधा र कामको खोजीमा बसाइँ जाने क्रम बढेपछि छथरजोरपाटी गाउँपालिकाले अन्यत्रबाट आउने परिवारलाई दुहुनो गाई उपहार दिन थालेको छ। गाउँपालिकाभरिका जुनसुकै स्थानमा स्थायी बसाइँ आउने घरपरिवारको जीवन निर्वाहमा सहयोग पुर्याउने उद्देश्यले दुहुनो गाई उपहार दिन थालिएको गाउँपालिका अध्यक्ष शेरबहादुर लिम्बूले बताए।

‘मधेसलगायत अन्य क्षेत्रमा बसाइँ जाने क्रममा कमी ल्याउँछ’ उनले भने ‘कार्यक्रमले उत्पादनशील भूमि बाँझोमा परिणत हुने परिस्थितिको अन्त्य हुने विश्वास छ।’

कार्यक्रम सञ्चालन गर्न गाउँपालिकाले कार्यविधि निर्देशिका बनाएको छ। अहिलेसम्म गाउँपालिकाभरिमा ८ जना नयाँ घरिबार बसाइँ आएका छन्। नयाँ घरपरिवारले दुहुनो गाई माग्दै गाउँपालिकामा आवेदन दिइसकेका छन्।

नयाँ घरपरिवारलाई प्रतिगाई खरिदमा अधिकतम ६१ हजार रुपैयाँ अनुदान उपलब्ध गराइने पशुपक्षी विकास शाखाका प्रमुख राजकुमार राईले बताए। उनका अनुसार बसाइँ आउने परिवारले गाउँपालिकामा निवेदन, बसाइँ सराइ प्रमाणपत्रको प्रतिलिपि, लालपुर्जाको प्रतिलिपि, नागरिकताको प्रतिलिपि, वडा कार्यालयको सिफारिसपत्र पशुपक्षी शाखामा बुझाउनुपर्छ।

सबै प्रक्रिया पूरा भएपछि दुहुनो गाई उपलब्ध गराइन्छ। बसाइँ आएर कम्तीमा तीन महिना बसोबास गरेपछि मात्रै दुहुनो गाई दिनयोग्य हुने अध्यक्ष लिम्बूले बताए।

परिवार टिकाउन स्रोतभर्ना सापटी !

गाउँपालिकाले स्रोतभर्ना सापटी कार्यक्रम पनि सञ्चालन गरेको छ। व्यवसाय गर्न चाहनेलाई व्यावसायिक कार्ययोजनाका आधारमा बिना ब्याज र धितोमा ५० प्रतिशत ऋण उपलब्ध गराइने गाउँपालिका अध्यक्ष लिम्बुले बताए।

यसले गाउँमै बसेर केही गर्न चाहने घरपरिवारलाई सहयोग पुग्ने उनको भनाइ छ। कृषि क्षेत्रलाई व्यावसायिक बनाउन ५० प्रतिशत अनुदानमा कृषिजन्य औजारसमेत वितरण गरिएको छ।छथरजोरपाटी गाउँपालिका पशुपालन र कृषि उत्पादनको हिसाबले जिल्लामै अग्रणी स्थानमा आउँछ। गाउँपालिकाभरि दैनिक १२ हजार लिटर दूध उत्पादन हुने समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।