५ पुष २०८२, शनिबार
,
Latest
उपाधि भिडन्तमा एपिएफको खराब प्रदर्शन युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता कुलमानको कुरा: भाषण होईन नतिजा दिने राजनीति गर्न मैदानमा आएका हौँ आम नागरिकले बुझ्नसक्ने कानून निर्माण गर्न जरुरी: पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ पारिवारिक कथामा आधारित ‘माया मर्दैन’ सार्वजनिक अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल



तस्बिरः प्रदीपराज वन्त/रासस
अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आगामी निर्वाचनमा आफ्नो पार्टीलाई नेपाली जनताले बहुमत दिनुपर्ने बताउनुभएको छ ।

शनिवार काठमाडौंमा आयोजित नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभामा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । सहसंयोजक नेपालले नेपाली कम्युनिष्ट पार्टी जनताको सपना साकार पार्ने अभियानमा छ कि छैन ? भन्नेकुराको अग्नी परीक्षामा सहभागी हुन पनि आगामी निर्वाचनमा जनताले बहुमत दिएर जनताको सेवा गर्ने अवसर प्रदान गर्नुपर्ने जिकिर समेत गर्नुभयो । नेपाली जनताले आगामी निर्वाचनमा बहुमत दिए आफूहरुको जनताको सपना साकार पार्ने सहसंयोजक नेपालको दाबी थियो । उहाँले आफूहरुले इमान्दारिता, देशभक्ति र जनताको भावनाअनुसार अघि बढ्ने संकल्प लिएको समेत बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाली जनताले हामीलाई आउने चुनावमा विश्वास गरेर जिताएको खण्डमा बहुमत दिएको खण्डमा हाम्रो अर्को अग्नी परीक्षा शुरु हुन्छ । हामी साँच्चै जनताको सपनालाई साकार पार्नका लागि इमान्दारिताका साथ अगाडि बढेका छौ कि छैनौँ ? हामीलाई एक पटक तपाईहरुले मौका दिनुपर्ने हुन्छ । हामीले आजसम्म इमान्दारिताको राजनीतिलाई, देशभक्तिको भावनालाइ देश प्रेमको भावनालाई, जनताको सेवाको भावनालाई पूरा गर्ने आँट पनि गरिरहेका छौँ ।’
सहसंयोजक नेपालले आफ्नो पार्टी जेन–जी पुस्ता एकीकृत भएर आउने क्रम जारी रहेको समेत बताउनु भयो ।