२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

हारपछि विष्णु रिमालको प्रतिक्रिया–मेरो औपचारिक भूमिका परिवर्तन भयो



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का नेता विष्णु रिमालले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनपछि आफ्नो औपचारिक भूमिका परिवर्तन भएको बताएका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले महाधिवेशन गरिमा, उत्साह र सामूहिक उपलब्धिको गहिरो अनुभूतिसहित सम्पन्न भएको जिकिर गरेका छन्।

११औँ केन्द्रीय समितिको नयाँ नेतृत्व चयन प्रक्रियामा महाधिवेशनमा स्वस्थ र कमरेड्ली प्रतिस्पर्धा देखिएको उनले उल्लेख गरेका छन्। उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तावित टोली प्रायः सर्वसम्मत रूपमा अनुमोदित भएको उल्लेख गरे।

उक्त टोलीमा आफू (उपमहासचिव) र एक जना उपाध्यक्ष बाहेक सबै पदाधिकारी निर्वाचित भएको भन्दै उनले यसलाई अस्वाभाविक वा चिन्ताको विषय नमान्न आग्रह गरेका छन्। यस्ता परिणामहरू लोकतान्त्रिक प्रतिस्पर्धाका स्वाभाविक र स्वस्थ अभ्यास रहेको उनले बताएका छन्।

रिमालले जनताको बहुदलीय लोकतन्त्रको मूल भावनाबाट पार्टी दृढ रूपमा निर्देशित रहेको उल्लेख गर्दै पहलकदमी लिनु, प्रतिस्पर्धालाई आत्मसात गर्नु, श्रेष्ठता स्थापित गर्नु र नेतृत्वको म्यान्डेट प्राप्त गर्नु नै पार्टीको मार्गदर्शन भएको बताए। उनले परिणामलाई आत्मविश्वास, संयम र प्रतिबद्धताका साथ स्वीकार गरिएको पनि स्पष्ट पारे।

साथै, समर्थन र उत्साहवर्धन गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्दै रिमालले पार्टीभित्र आफ्नो औपचारिक भूमिका परिवर्तन भए पनि साझा सङ्कल्प र कमरेड्ली भावना यथावत् रहेको बताएका छन्। आगामी दिनहरूमा पनि एउटै मार्गमा सँगसँगै अघि बढ्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।

उनले लेखेका छन्ः
प्रिय कमरेड,

हाम्रो पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन साँच्चै असाधारण रह्यो—गरिमा, उत्साह र सामूहिक उपलब्धिको गहिरो अनुभूतिसहित सम्पन्न भयो। तपाईंलाई विदितै छ, ११औँ केन्द्रीय समितिको नयाँ नेतृत्व चयनका क्रममा महाधिवेशनमा स्वस्थ र कमरेड्ली प्रतिस्पर्धा देखियो। पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीद्वारा प्रस्तावित टीम प्रायः सर्वसम्मत रूपमा अनुमोदित भयो, जसमा एक जना उपमहासचिव—म स्वयं—र एक जना उपाध्यक्ष बाहेक सबै निर्वाचित हुनुभयो।

यो न त अस्वाभाविक हो, न त चिन्ताको विषय। यस्ता परिणामहरू लोकतान्त्रिक प्रतिस्पर्धाका स्वाभाविक र स्वस्थ अभ्यास हुन्। हामी जनताको बहुदलीय जनवादको मूल भावनाबाट दृढ रूपमा निर्देशित छौँ—पहलकदमी लिनु, प्रतिस्पर्धालाई आत्मसात गर्नु, आफ्नो श्रेष्ठता स्थापित गर्नु, र नेतृत्वको म्यान्डेट प्राप्त गर्नु। यही भावनामा हामी सबैले परिणामलाई आत्मविश्वास, संयम र प्रतिबद्धताका साथ स्वीकार गरेका छौँ।

यहॉहरूका आत्मीय र उत्साहवर्धक शब्दहरूका लागि हृदयदेखि धन्यवाद, कमरेड। पार्टीभित्र मेरो औपचारिक भूमिका परिवर्तन भए पनि हाम्रो साझा संकल्प र कमरेड्ली भावना यथावत् छ। आगामी दिनहरूमा पनि हामी एउटै मार्गमा सँगसँगै अघि बढ्नेछौँ।

हार्दिक शुभेच्छासहित