२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेयर बजारको इतिहासमा नयाँ रेकर्ड



अ+ अ-

काठमाडौँ । नेपालको सेयर बजार इतिहासमै नयाँ रेकर्ड कायम गर्दै आइतबार साढे तीन अर्ब रुपियाँभन्दा बढीको कारोबार भएको छ । पछिल्ला दिनमा कारोबारमा नयाँ रेकर्ड कायम गरिरहेको सेयर बजारले साताको पहिलो दिन साढे तीन अर्ब रुपियाँभन्दा बढीको कारोबार भएर पछिल्लो नयाँ रेकर्ड कायम गरेको हो । आइतबार १७८ कम्पनीका ८७ लाख ६९ हजार ५२२ कित्ता सेयरको ३० हजार ४५६ पटक खरिदबिक्री हुँदा कुल तीन अर्ब ६० करोड ८५ लाख २६ हजार ३५४ रुपियाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा ८२ करोड रुपियाँले बढी हो ।
यद्यपि कारोबारका हिसाबले यो दोस्रो रेकर्ड हो ।

अघिल्लो साताको अन्तिम दिन पनि दुई अर्ब ७८ करोड ५० लाख रुपियाँभन्दा बढीको सेयर खरिदबिक्री भएर त्यो दिनसम्मको नयाँ रेकर्ड कायम भएर बन्द भएको थियो । त्यसअघि पनि दुई अर्ब ६८ करोडभन्दा बढीको कारोबार भएर पनि नयाँ रेकर्ड कायम गरेको थियो । यही फागुन ५ गते सोमबार भएको कारोबार रकम तीन वर्षमा धेरै थियो । यसअघि २०७३ साउन ११ गते हालसम्मकै सर्र्वािधक दुई अर्ब ७५ करोड ३७ लाख रुपियाँ बराबरको सेयर कारोबार भएको थियो । सो पश्चात् एकै दिनमा भएको फागुन ५ गतेको कारोबार धेरै थियो ।

सो दिन नेप्से परिसूचक पनि १८६६.५० बिन्दुमा पुगेको थियो । जे होस् औपचारिक रूपमा सेयर बजारकै करिब तीन दशकको इतिहासमा आइतबारको कारोबार उच्चतम बिन्दु हो । सेयर बजारमा आइतबार कारोबार रकमसँगै कारोबार सङ्ख्या र खरिदबिक्री भएको सेयरको सङ्ख्याका आधारमा पनि नयाँ रेकर्ड कायम भएको हो । आइतबारको कारोबार रकमसँगै सेयर बजार मापक नेप्से परिसूचक पनि दुई वर्षयताकै उच्च बिन्दु अर्थात् एक हजार पाँच सयभन्दा माथि लागेको छ ।

पहिलो दिन नेप्से परिसूचक ६९.५६ अङ्कले उकालो लागेर १५०४.१४ को बिन्दुमा पुगेर रोकिएको छ भने ‘क’ वर्गका कम्पनी मापक सेन्सेटिभ इन्डेक्स १७.०७ अङ्कले उकालो लागेर ३१७.५० को बिन्दुमा पुगेर रोकिएको छ । समग्रमा यस दिनको नेप्से ४.८५ प्रतिशत र सेन्सेटिभ इन्डेक्स पनि ५.६८ प्रतिशतले उकालो लागेको छ । गोरखापत्र दैनिकबाट