५ श्रावण २०८३, मंगलवार
,
Latest
हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पासोमा फसेको चितुवाको उद्धार



अ+ अ-

दशरथचन्द । बैतडीमा स्थानीयले जङ्गली जनावरका लागि थापेको पासोमा चितुवा फसेको छ । यहाँको सिगास गाउँपालिका–२ धौलाडी, भिमराडीमा जङ्गली जनावरका लागि थापेको पासोमा चितुवा फसेको हो ।

स्थानीयले थापेको पासोमा अन्दाजी तीन वर्षको चितुवा फसेको डिभिजन वन कार्यालय बैतडीका प्रमुख भक्तराज गिरीले जानकारी दिनुभयो । गए राति नै चितुवा पासोमा परेको आज बिहान मात्रै जानकारी आएको उहाँले बताउनुभयो ।

अहिले सवडिभिजन बन कार्यालय गाजरीबाट उक्त क्षेत्रमा टोली खटिएको छ । अगाडिको पट्टीको खुट्टा पासोको फसेको र चितुवाको उद्धारका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लाफाँटा, कञ्चनपुरको टोलीसँग समन्वय भइरहेको डिभिजन वन कार्यालय बैतडीले जनाएको छ ।

जिल्लामा पासो परेका तथा घाइते चितुवाको उद्धारका लागि जनशक्ति र स्रोतसाधन नहँुदा समस्या हुने गरेको छ ।




भर्खरै