२७ भाद्र २०८३, शनिबार
,
Latest
अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने भारतद्वारा नेपाललाई पुल सहयोग ‘मधेसलाई अधिकार सम्पन्न बनाउन सडक संघर्ष आवश्यक छ’–उपेन्द्र यादव धोबीखोलामा जलसतह बढ्दो, सतर्क रहन आग्रह अमेरिकी नागरिकसहित बाढीपीडितको पहिचानका लागि नेपाल प्रहरीलाई अमेरिकाले १० लाख डलर सहयोग गर्ने ‘अधिकारका लागि निर्णायक आन्दोलन गर्न तयार हुनुपर्छ’–सिके राउत
तपाईं के खोज्दै हुनुहुन्छ ?

अछाममा जीप दुर्घटना



अ+ अ-

अछाम । अछाममा जीप दुर्घटना हुँदा १३ जना घाईते भएका छन् । घाईतेमध्ये ढकारी गाउपालिका ३ का राम ब नेपाली र ६ का पार्वती सुर्जी को अवस्था गम्भीर रहेको छ । जिल्लाको ढकारीबाट मंगलसैन तर्फ आउँदै गरेको जीप कमलबजार नगरपालिका वडा नम्बर ६ हात्तिबाँझमा दुर्घटना हुँदा चालक सहित १३ जना घाईते भएका हुन् ।

घाईते हुनेमा ढकारी ३ पारु नेपाली सोहि ठाउका धनसरा नेपालि उजले नेपाली पहराम बुढा ढकारी ६ टीका सुर्जी साफेबगर मुकेश सुनार कमलबजार नगरपालिका ५ पार्वती गुरुङ ढकारी १ तपेन्द्र बुढा ढकारी १ का जिप चालक ललि नेपाली कैलाली बौनिया खकेन्द्र सुनार र पारश सुनार
रहेका छन ।

से १ ज ९१० नम्बरको जीप आज करिब १२ बजेतिर सडकबाट करिब १५० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डिएसपी दीपक भारतीले जानकारी दिनुभयो । दुर्घटनामा परी घाईते भएका मध्ये २ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

घाईतेको अहिले जिल्ला अस्पताल मंगलसैनमा उपचार भैरहेको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भैरहेको छ । तीब्र गति र बर्षाका कारण सडक चिप्लो भएकाले दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।