१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बेनीमा खानेपानीको समस्या News Polar एसियाली खेलकुदः गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा News Polar पुण्यतिथिमा खर्च होइन, बुबाको सम्झनामा सामाजिक सेवा News Polar ‘अव्यवस्थित बसोबासबाट जग्गाधनीसम्मः जुनेली बस्तीको ३६ वर्ष’ News Polar जीवनभरको कमाइ कालीगण्डकीले लगेपछि द्विविधामा छन्, लामाखेतबासी News Polar गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा सरकारतिर News Polar एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान News Polar बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो

प्रहरीमा अनियमितता: हुँदै नभएका प्रहरीलाई समेत तलब !

प्रहरीमा अनियमितता: हुँदै नभएका प्रहरीलाई समेत तलब !
अ अ+ अ-

हुँदै नभएका प्रहरीलाई समेत तलब दिएर प्रहरीमा अनियमितता भएको खुलेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई पूर्वडिएसपीसहित सात प्रहरीविरुद्ध मंगलबार मुद्दा दायर गरेको छ । साथै उनीहरूको अनियमितता लुकाउन सहयोग गर्ने लेखापरीक्षणमा आबद्ध पाँच कर्मचारीलाई पनि मुद्दा चलेको छ । तलब, रासन भत्ता तथा अन्य भत्ता अनियमितता गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय हुम्लाका तत्कालीन प्रहरी नायब उपरीक्षक त्रिलोकबहादुर चन्द र कृष्णबहादुर कुँवरसहित १० जनाविरुद्ध मुद्दा दायर भएको हो ।

दुई पूर्वडिएसपी तथा लेखापात्र माधव चन्द ठकुरीलाई थुनामै राखेर आयोगले मुद्दा चलाएको हो ।पूर्वडिएसपी चन्द तथा कुँवरविरुद्ध छुट्टाछुट्टै मुद्दा दायर भएको छ । चन्दसहित तत्कालीन लेखापाल सइ माधव चन्द ठकुरी, लेखाशाखामा कार्यरत लेखा सहायकहरू हवल्दार टंकबहादुर मल्ल र प्रहरी जवान सर्वराज खत्रीसमेतको मिलेमतो रहेको भन्दै आयोगले मुद्दा दायर गरेको हो । जिल्ला प्रहरी कार्यालय हुम्ला र अन्तर्गतका प्रहरी कर्मचारीको ०७२ असोजदेखि ०७३ असारसम्म तलब, स्थानीय भत्ता तथा रासनसमेतको भर्पाईमा जोडजम्मामा फरक पारी ३० लाख ९० हजार पाँच सय ८ रुपैयाँ ५० पैसा हिनामिना गरेको आयोगले जनाएको छ ।

त्यस्तै, कार्यरत नै नरहेका ईश्वरी श्रीष भन्ने व्यक्तिको नाममा स्थानीय भत्ता तथा रासन भत्तामा खर्च गरेको देखाएर ६९ हजार ५१ रुपैयाँसमेत अनियमितता गरेका थिए । त्यस्तै उनीहरूको अनियमिततामा साथ दिने कोष तथा लेखा नियन्त्रक कार्यालय हुम्लाका तत्कालीन लेखापाल भक्तबहादुर शाहीविरुद्ध समेत मुद्दा दायर भएको छ । प्रहरी कर्मचारीको तलब, स्थानीय भत्ता तथा रासन भत्तासमेतको भर्पाईमा जोडजम्मामा फरक पारी बढी खर्च लेखेको तथा प्रहरी कर्मचारीको रासन भत्ता शीर्षकमा स्वीकृत मापदण्डभन्दा अस्वाभाविक रूपमा बढी दरमा खर्च भुक्तानी देखाएर निजी लाभमा लेखापरीक्षण गरेकाले उनलाई पनि प्रतिवादी बनाइएको छ ।

त्यस्तै, तत्कालीन डिएसपी कृष्णबहादुर कुँवर, लेखापाल सइ माधव चन्द ठकुरी, लेखाशाखामा कार्यरत लेखा सहायकहरू प्रहरी हवल्दार टंकबहादुर मल्ल र प्रहरी जवान सर्वराज खत्रीविरुद्ध दोस्रो मुद्दा पनि दायर भएको छ । प्रहरी कर्मचारीको ०७१ भदौदेखि ०७२ भदौसम्म बजेटमा हिनामिना भएको हो । तलब, स्थानीय भत्ता तथा रासनसमेतको शीर्षकको तलबी भर्पाईको जोडजम्मा फरक पारी १५ लाख ९२ हजार दुई सय ३८ रुपैयाँ निकालेका थिए । कार्यरत नै नरहेका व्यक्ति ईश्वरी श्रीषको नामबाट रासन तथा स्थानीय भत्ता शीर्षकमा खर्च लेखी चार लाख दुई हजार सात सय ९० रुपैयाँ हिनामिना गरेका थिए । उनीहरूविरुद्ध १९ लाख ९५ हजार २९ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर भएको छ ।

दुवै घटनाका योजनाकार सइ माधव चन्द ठकुरी देखिएका छन् । विगतमा प्रहरीले नगद नै तलब पाउने भएकाले यसरी व्यापक रूपमा अनियमितता हुने गरेको थियो । यस्तो विकृति रोक्न उपेन्द्रकान्त अर्याल महानिरीक्षक हुँदा अनिवार्य रूपमा बैंक खातामार्फ तलब दिन थालिएको हो । त्यसवेला कोष तथा लेखा नियन्त्रक कार्यालय हुम्लाका तत्कालीन लेखापालहरू भक्तबहादुर शाही र भवानीप्रसाद अधिकारीले समेत उनीहरूको अनियमिततामा साथ दिएको भन्दै मुद्दा दायर भएको छ । नयाँ पत्रिका दैनिक