१२ भाद्र २०८३, शुक्रबार
,
Latest
आँबुखैरेनी र देवघाट गाउँपालिकामा २८ शव भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास रसुवा बाढीः २८ व्यक्ति सम्पर्कविहीन चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला रसुवा बाढीबारे निर्णय गर्न प्रधानमन्त्री शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु रसुवामाथि चीनतर्फ बनेको ताल फुट्यो, सुरक्षाकर्मी र सर्वसाधारणलाई सतर्क रहन आग्रह बाढी प्रभावितका लागि आर्थिक सहयोग गर्दा सजग रहन प्रधानमन्त्री सचिवालयको अपील रसुवा बाढी प्रभावितका लागि अष्ट्रेलियाको ५० लाख डलर सहायता, तीन सदस्यीय टोली नेपाल आउँदै बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह पृथ्वीराजमार्गसहित देशका विभिन्न ठाउँका सडक अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रमण वर्ष २०२० लाई लक्ष्य गर्दै फागुन २१ देखि दोलखा महोत्सव



अ+ अ-

दोलखा । नेपाल भ्रमण वर्ष २०२० लाई लक्ष्य गर्दै दोलखा महोत्सव आयोजना हुने भएको छ । जिल्लामा उत्पादन भएका वस्तुको प्रदर्शनका लागि निःशुल्क व्यापारिक कक्षको व्यवस्था गर्दै पहिलोपटक दोलखा उद्योग वाणिज्य सङ्घले यही फागुन २१ गतेदेखि ३० सम्म महोत्सव गर्ने भएको हो । जिल्लालाई आर्थिक, सामाजिक, शैक्षिक र सांस्कृतिकरूपमा मजबुत बनाउने उद्देश्यका साथ महोत्सव गर्न लागेको सङ्घले जनाएको छ । महोत्सवमा १५० वढी बिक्रीकक्ष राखिनेछन् । पचास हजारभन्दा बढीले महोत्सवको अवलोकन गर्ने अनुमान गरिएको छ ।

महोत्सवमा लगानी सम्मेलनसमेत हुनेछ । दोलखा जिल्लामा बढीभन्दा बढी लगानीकर्ता ल्याई रोजगारी सिर्जना गर्ने उद्देश्यले महोत्सवमा लगानी सम्मेलनसमेत गर्न लागेकोसङ्घका अध्यक्ष इन्द्रबहादुर श्रेष्ठले बताए । यसका लागि जिल्लाका मेघा परियोजना पहिचान गरी लगानीकर्तासमक्ष प्रस्ताव गरिने अध्यक्ष श्रेष्ठले बताए । सूचना प्रविधिको प्रदर्शनी, सांस्कृतिक कार्यक्रम, जलविद्युत् आयोजनाबारे छलफल, हेलिकोप्टरमार्फत दृष्यावलोकन, लाखेनाच प्रदर्शनी, स्थानीय उत्पादनको प्रदर्शनी, दोलखा फोटो प्रदर्शनीजस्ता आकर्षण रहने सङ्घका महासचिव हेमराज रिमालले बताए ।

महोत्सवको अवसर पारेर दोलखामा रहेको होटलले विशेष छुट प्याकेजसमेत ल्याउने उनले जानकारी दिए । दोलखा सदरमुकाम चरिकोटस्थित टुँडिखेल मैदानमा हुने महोत्वसमा रु एक करोड ५० लाख खर्च हुने अनुमान गरिएको छ । रिमालले जिल्लाको आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा प्रभाव पार्ने भएकाले महोत्सवलाई सफल बनाउन सबैले सकारात्मक भूमिका निर्वाह गर्न अनुरोध गरे । गोरखापत्र दैनिकबाट