२७ भाद्र २०८३, शनिबार
,
Latest
अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने भारतद्वारा नेपाललाई पुल सहयोग ‘मधेसलाई अधिकार सम्पन्न बनाउन सडक संघर्ष आवश्यक छ’–उपेन्द्र यादव धोबीखोलामा जलसतह बढ्दो, सतर्क रहन आग्रह अमेरिकी नागरिकसहित बाढीपीडितको पहिचानका लागि नेपाल प्रहरीलाई अमेरिकाले १० लाख डलर सहयोग गर्ने ‘अधिकारका लागि निर्णायक आन्दोलन गर्न तयार हुनुपर्छ’–सिके राउत
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिल्ली झडपमा मर्नेको संख्या १८ पुग्यो (अपडेट)



अ+ अ-

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा भड्किएको हिंसामा मर्नेको संख्या १८ पुगेको छ। नागरिकता विधेयकका समर्थक र विरोधीबीच आइतबारदेखि दिल्लीमा झडप हुँदै आइरहेको थियो।

मंगलबार मात्र दिल्लीस्थित एक मस्जिदमा आगो लगाइएको थियो भने ‘जय श्री राम’ तथा ‘हिन्दूको हिन्दुस्तान’ को नारा लगाइएको भारतीय सञ्चार माध्यम द वायरले लेखेको छ। 

यसैगरी झडपमा १५० भन्दा बढी घाइते भएका छन्। बुधबार बिहान पनि त्यस क्षेत्रमा तनाव कायमै रहेको भारतीय सञ्चार माध्यमले बताएका छन्।