२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिल्ली झडपमा मर्नेको संख्या १८ पुग्यो (अपडेट)



अ+ अ-

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा भड्किएको हिंसामा मर्नेको संख्या १८ पुगेको छ। नागरिकता विधेयकका समर्थक र विरोधीबीच आइतबारदेखि दिल्लीमा झडप हुँदै आइरहेको थियो।

मंगलबार मात्र दिल्लीस्थित एक मस्जिदमा आगो लगाइएको थियो भने ‘जय श्री राम’ तथा ‘हिन्दूको हिन्दुस्तान’ को नारा लगाइएको भारतीय सञ्चार माध्यम द वायरले लेखेको छ। 

यसैगरी झडपमा १५० भन्दा बढी घाइते भएका छन्। बुधबार बिहान पनि त्यस क्षेत्रमा तनाव कायमै रहेको भारतीय सञ्चार माध्यमले बताएका छन्।