२७ भाद्र २०८३, शनिबार
,
Latest
‘दुई तिहाईको सरकार, जनतालाई ग्यास खोई ?’ भन्दै नेकपा बहुमतको प्रदर्शन सिक्टा सिँचाइः पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय विश्व शासनमा ग्लोवल साउथको भुमिका बढाउन ब्रिक्सले पहल गर्नुपर्छः मोदी कुनैपनि सरकारले गरेको राम्रो कामलाई राजनीतिकरण गर्नु हुँदैनः इन्द्र बानियाँ संविधानको रक्षार्थ परिवर्तनकारी शक्ति एक हुनुको विकल्प छैनः नेपाल ‘राजनीतिक दल र नेताहरूको ‘दास मानसिकता’को कारण संघीयता कार्यान्वयन हुन सकेन’– सांसद शेर्पा युएईलाई हराउँदै नेपाललाई एसीसी प्रिमियर कपको उपाधि देशमा सुख, शान्ति कायम होस् भन्दै असनमा ९६ कुमारको पूजा पोखराबाट उत्तरगयाका बाढीपीडितका लागि पाँच ट्रक राहत सामग्री पठाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानवअधिकारवादी संस्था ‘हस्टेल फर हुमनिटी’ नेपालमा



अ+ अ-

काठमाडौँ । स्थानीय समुदायमा स्वास्थ्य र शिक्षाबारे वकालत तथा सहकार्य गर्ने उद्देश्यले मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय संस्था ‘हस्टेल फर हुमनिटी’ नेपाल च्याप्टरको शुभारम्भ गरिएको छ ।

मानवअधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्रअनुरुप संस्थाले न्याय र मानवअधिकारको पक्षमा लडिरहेका समुदायको पक्षमा सरोकार भएका संस्थासँग साझेदारी गरेर काम गर्ने जनाएको छ । शिक्षा र स्वास्थ्यसम्बन्धी आधारभूत आवश्यकताबाट वञ्चित बालबालिकाको हित र अधिकारको पक्षमा काम गरिने बताइएको छ ।

काठमाडौँमा पत्रकार सम्मेलन गरी हस्टेल फर हुमनिटी नेपाल च्याप्टरको घोषणा गर्दै संस्थाका अध्यक्ष विनोद शर्माले बालबालिकाको पक्षमा वकालत तथा आवश्यक सहयोग जुटाउने लक्ष्यका साथ संस्थाले काम गर्ने बताउनुभयो ।

यो कार्यक्रमअन्तर्गत बालबालिका र युवाको शिक्षा, स्वास्थ्य र मानवअधिकारको पक्षमा काम गर्ने जनाइएको छ । अमेरिकामा मुख्य कार्यालय रहेको यो संस्थाले नेपालको जुनसुकै क्षेत्रमा निश्चित क्षेत्र वा समुदायको पहिचान गरी कार्यक्रम सञ्चालन गर्नेछ ।

हरेक बालबालिकाको समान अधिकारको सुनिश्चितताका लागि समुदायमा आधारित कार्यक्रम सञ्चालन गरिने अध्यक्ष शर्माको भनाइ छ । नेपाल च्याप्टरमा शर्माको अध्यक्षतामा १७ सदस्यीय समिति घोषणा गरिएको छ । विद्यालय तथा कलेजमा यस्तो कार्यक्रम सञ्चालन गरिने संस्थाका सदस्य ऋषि गौतमले बताउनुभयो ।

नेपालमा कार्यरत मानवअधिकारवादी संस्था तथा स्थानीय सरकारको सहकार्य र साझेदारीमा संस्थाका गतिविधि अघि बढाइने उहाँको भनाइ छ ।