१८ भाद्र २०८३, बिहीबार
,
Latest
कृष्णभीरमा सडक सञ्चालनका लागि रुख कटान शुरु, प्राविधिक प्रतिवेदनको प्रतिक्षा रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या १ हजार २५२ पुग्यो सर्वोच्च अदालतको नयाँ भवनमा आगलागी, केही कागजात जले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सिटी एक्सप्रेस ग्रुपको १ करोड ११ लाख सहयोग कोरियास्थित जी मनि ट्रान्सद्वारा बाढी प्रभावितलाई १५ हजार डलर सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तिलगंगा आँखा प्रतिष्ठानसहितबाट १ करोड ३१ लाखभन्दा बढी सहयोग डिडिसीले दैनिक एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने लक्ष्य ९ बजे बाढी आयो महोत्तरीको रामगोपालपुर नगरपालिकाले बाढी प्रभावितका लागि ३१ लाखभन्दा बढी सहयोग गर्ने मृतक र बेपत्ता सशस्त्र प्रहरीका परिवारजनसँग महानिरीक्षक पौडेलको भेट
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’



अ+ अ-

काठमाडौँ। सौन्दर्य व्यवसाय महिलाको सुन्दरतासँग मात्र नभइ उनीहरूको अर्थोपार्जनसँग अन्योन्याश्रित भएकाले यस क्षेत्रको प्रवर्द्धनलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइएको छ ।

ललितपुरको कुमारीपाटीमा आज आयोजित कार्यक्रमका वक्ताहरूले सौन्दर्य व्यवसायले देशकै अर्थतन्त्रमा योगदान पुर्याएकाले यस क्षेत्रको प्रवर्द्धनका लागि सबै क्षेत्रको सहयोग आवश्यकता रहेको औँल्याउनुभयो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घकी पूर्वअध्यक्ष भवानी राणाले सौन्दर्य व्यवसाय महिलाको सुन्दरतासँग मात्र सीमित गर्न नहुने बताउँदै यस व्यवसायलाई जनजीविकासँग जोडेर हेर्नुपर्ने बताउनुभयो । उहाँले सौन्दर्य व्यवसायसँग सम्बन्धित उद्यमशीलतालाई प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभयो ।

पूर्वमिस नेपाल रुबि राणाले सौन्दर्य व्यवसायले बेरोजगारी न्यूनीकरण, महिलामा आत्मनिर्भरताको प्रवर्द्धन र सीप विकासमा सहयोग पुर्याएकाले यो क्षेत्र महिलाको क्षमता विकाससँग गाँसिएको बताउनुभयो । उहाँले यस क्षेत्रलाई महिलाको आर्थिक सशक्तीकरणको पाटोबाट पनि हेरिनुपर्ने बताउनुभयो ।

सौन्दर्य क्षेत्रलाई व्यसाय बनाएर सफल उद्यमी बन्नुभएकी ब्युटीसिएन चिनु गुरुङले ‘गुरुङ ब्युटीपार्लर तथा ब्युटी एकेडेमी’ को ३०औँ वार्षिकोत्सवका अवसरमा ललितपुरको कुमारीपाटीमा नयाँ शाखा विस्तार गरिएको जानकारी दिनुभयो ।

उहाँले नेपालको अग्रणी सौन्दर्य सेवा तथा तालिम प्रदायक संस्थाले व्यवसाय प्रवर्द्धनमात्र नभइ महिलाको क्षमता अभिवृद्धिमा महत्त्वपूर्ण योगदान गरेको दाबी गर्नुभयो ।

सन् १९९५ मा स्थापना भएको उक्त संस्थाले विगत तीन दशकदेखि सौन्दर्य सेवा तथा तालिममार्फत सयौँलाई रोजगारी प्रदान गर्दै आएको छ । संस्थाले सीपमूलक तालिममार्फत युवा तथा महिलालाई उद्यमशीलतामा समाहित गराउँदै आएको छ । रासस