२६ मंसिर २०८२, शुक्रबार
,
Latest
७६ हजार १७० पिस ट्रामाडोल लागुऔषधसहित वीरगञ्जबाट ४ जना पक्राउ पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात… राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा द्वन्द्व व्यवस्थापन गर्न सघाउँछुः नवनियुक्त श्रममन्त्री भण्डारी महिलामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली एमालेको महाधिवेशनः नेतादेखि प्रतिनिधिको दौडधूप, चहलपहल वृद्धि राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा एमाले महाधिवेशनः उद्घाटन सत्रमा तीन लाख कार्यकर्ता उतार्ने दाबी लैङ्गिक हिंसा न्युनिकरणको लागि एकीकृत कानून निर्माणको तयारीमा सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति



अ+ अ-

घोराही । यहाँको राप्ती गाउँपालिका–२ पुन्यपुरमा रहेको फोहर व्यवस्थापन तथा स्रोत केन्द्रमा भएको आगलागीका कारण रु ६७ लाख मूल्य बराबरकोे क्षति भएको छ ।

आज बिहान भएको आगालागीका कारण एउटा ट्रस्ट भवनसहित ठूलासाना मेसिन र टायल तथा इन्टरलक जलेर नष्ट हुँदा रु ६७ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिनुभएको छ ।

आगलागीका कारण फोहर व्यवस्थापनका लागि बनाइको घरसमेत जलेको छ । यसअघि राप्ती गाउँपालिकाले यहाँ फोहर व्यवस्थापन गर्दै आएको थियो ।

यहाँ गढवाको दमकल, राप्ती गाउँपालिकाको मिनी दमकल, डोजरको सहयोगमा करिब दुई घण्टामा आगो निभाइएको थियो । आगलागीको कारण पहिचान हुन नसकेको र घट्नाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस