१२ भाद्र २०८३, शुक्रबार
,
Latest
आँबुखैरेनी र देवघाट गाउँपालिकामा २८ शव भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास रसुवा बाढीः २८ व्यक्ति सम्पर्कविहीन चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला रसुवा बाढीबारे निर्णय गर्न प्रधानमन्त्री शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु रसुवामाथि चीनतर्फ बनेको ताल फुट्यो, सुरक्षाकर्मी र सर्वसाधारणलाई सतर्क रहन आग्रह बाढी प्रभावितका लागि आर्थिक सहयोग गर्दा सजग रहन प्रधानमन्त्री सचिवालयको अपील रसुवा बाढी प्रभावितका लागि अष्ट्रेलियाको ५० लाख डलर सहायता, तीन सदस्यीय टोली नेपाल आउँदै बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह पृथ्वीराजमार्गसहित देशका विभिन्न ठाउँका सडक अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

४२२ ग्राम सुन प्रहरीले नै बाडेपछि…



अ+ अ-

काठमाडौं । चीनबाट अवैध रूपमा नेपाल भित्रिएको सुन बरामद गरी प्रहरी चौकीमा कार्यरत १६ जना प्रहरीले बाँडफाँड गरेको तथ्य खुलेको छ । आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको अनुसन्धानबाट रसुवाको सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक खेमप्रसाद नेपालसहित १६ जना प्रहरीले सुन बाँडफाँड गरेर लिएको खुलेको हो । केरुङबाट नेपाल आउँदै गरेको ना६ख ४९३२ नम्बरको कन्टेनरबाट गत पुस ११ गते भित्रिएको ४२२ ग्राम सुन सम्बन्धित निकायमा नबुझाई एक आपसमा बाँडफाँड गरेको आयोगमा उजुरीपछि छानबिन सुरु गरेको थियो ।

छानबिनका क्रममा सो तथ्य खुलेपछि अख्तियारले प्रहरी प्रधान कार्यालयलाई १६ जनालाई निलम्बन गर्न निर्देशन दिएको छ । केरुङबाट अवैध रूपमा भित्रिएको सुन बरामद गरेर एक आपासमा बाँडफाँड गरेको उजुरी परेपछि आयोगले प्रहरी प्रधान कार्यालय नक्साललाई पत्रचार गर्दै प्रहरी निरीक्षकदेखि जवानसम्मलाई निलम्बन गर्न निर्देशन दिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । प्रहरी निरीक्षक नेपालको समूहले गाडी चालक फुर्वा पासाङको साथमा रहेको उक्त परिमाणको सुन बरामदपछि चालकलाई छाडेको आयोगले जनाएको छ ।

पदमा रहँदा प्रमाण लोप वा नाश गर्न सक्ने भएकाले उनीहरूलाई पदबाट निलम्बन गर्न पत्र लेखेको आयोगका प्रवक्ता कोइरालाले जानकारी दिए । आयोगले प्रहरी निरीक्षक नेपाल, प्रहरी नायब निरीक्षक भोज बहादुर सेन वली, प्रहरी सहायक निरीक्षक रामशरण कुमाल, प्रहरी हबल्दार रामशरण रिमाल, प्रहरी हबल्दार पुरुषोत्तम खत्री, प्रहरी हबल्दार रामकाजी लामा, प्रहरी हबल्दार गोपी बहादुर लो. तामाङलाई निलम्बन गर्न भनेको छ ।

यसैगरी प्रहरी जवान शिव नारायण चौधरी, भविलाल रुम्बा लामा, रामचन्द्र वि।क।, रिता चौधरी, मनोज आले, छेक्यु डोल्मा मोक्तान, तारा बहादुर प्रजा, युवराज खरेल र प्र।का।स।हरी बहादुर श्रेष्ठलाई निलम्बन गर्न निर्देशन दिएको छ । सौर्य दैनिक