२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘कमेडी च्याम्पियन’ को ग्रान्ड फिनाले चैत १ गते होटल सोल्टीमा



अ+ अ-

काठमाडौं । नेपालकै पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी सो ‘कमेडी च्याम्पियन’ को ग्रान्ड फिनाले चैत एक गते हुने भएको छ । ग्रान्ड फिनालेमा सुमन कोइराला, खड्गबहादुर पुन र हिमेश पन्त पुगेका छन् । सुमन र खड्गबहादुर वाइल्ड कार्ड इन्ट्रीबाट सोमा पुनः प्रवेश गरेका प्रतिस्पर्धी हुन् ।

‘कमेडी च्याम्पियन’का निर्देशक विशाल भण्डारीका अनुसार ग्रान्ड फिनाले होटल सोल्टीमा हुने करिब निश्चित भएको छ । “हल क्षमता ठूलो भएकाले हाम्रो पहिलो रोजाई आर्मी अफिसर्स क्लब हो । तर यो क्लक निजी संस्था तथा कार्यक्रमलाई नदिने नियम बनाइएको रहेछ । तर पनि हामीले आग्रह गरेका छौं,” निर्देशक भण्डारीले भने, “आजसम्म आर्मी अफिसर्स क्लबको निर्णय कुर्छौं, हुँदैन भनियो भने होटल सोल्टीमै गर्छौं ।”

ग्रान्ड फिनालेमा हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ पनि उपस्थित रहनेछ । ‘कमेडी च्याम्पियन’मा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा निर्णायक छन् । सोको होस्ट रिमा विश्वकर्माले गर्दै आएकी छिन् ।