२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा



अ+ अ-

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का स्थायी कमिटी सदस्य शेरधन राईले आगामी ११औँ महाधिवेशनमा सचिव पदमा उम्मेदवारी दिने तयारीमा रहेको बताउनुभएको छ ।

अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वलाई साथ दिँदै आउनुभएका राईले यसपटक पार्टीमा आफूलाई पदाधिकारीका रूपमा हेर्ने माहोल बनेको बताउनुभयो ।

आज यहाँ सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले पार्टी पदाधिकारमा क्रमैसँग अघि बढ्दै आएको अनुभवका आधारमा सचिव पद स्वाभाविक दाबी भएको उल्लेख गर्नुभयो । राईका अनुसार १०औँ महाधिवेशनमा पनि पदाधिकारीमा जान खोजे पनि अन्ततः सहमतिका कारण स्थायी कमिटीमै बस्नुपरेको थियो ।

राईले आफू पार्टीका हरेक चुनौती र सङ्कटमा अडिग रूपमा उभिएको नेता भएको दाबी गर्दै भन्नुभयो, “म पार्टीबाट नबरालिएको मान्छे हो । आजसम्म कुनै मोडमा बाटो नबिर्सिएको छवि बनाएको छु ।” रासस