२७ भाद्र २०८३, शनिबार
,
Latest
‘दुई तिहाईको सरकार, जनतालाई ग्यास खोई ?’ भन्दै नेकपा बहुमतको प्रदर्शन सिक्टा सिँचाइः पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय विश्व शासनमा ग्लोवल साउथको भुमिका बढाउन ब्रिक्सले पहल गर्नुपर्छः मोदी कुनैपनि सरकारले गरेको राम्रो कामलाई राजनीतिकरण गर्नु हुँदैनः इन्द्र बानियाँ संविधानको रक्षार्थ परिवर्तनकारी शक्ति एक हुनुको विकल्प छैनः नेपाल ‘राजनीतिक दल र नेताहरूको ‘दास मानसिकता’को कारण संघीयता कार्यान्वयन हुन सकेन’– सांसद शेर्पा युएईलाई हराउँदै नेपाललाई एसीसी प्रिमियर कपको उपाधि देशमा सुख, शान्ति कायम होस् भन्दै असनमा ९६ कुमारको पूजा पोखराबाट उत्तरगयाका बाढीपीडितका लागि पाँच ट्रक राहत सामग्री पठाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाल्पामै पहिलो साझा सुविधा केन्द्र स्थापना हुने



अ+ अ-

तानसेन । पाल्पाका नागरिकले स्थानीयस्तरमा उत्पादन गरेका सामग्रीको बिक्रीवितरणमा सहज सुविधा पुर्याउन साझा सुविधा केन्द्र स्थापना हुने भएको छ । तानसेन नगरपालिका वडा नं ८ मदनपोखराको चाउरीपोखरामा करीब रु ३० लाखको लागतमा केन्द्र स्थापना गर्न लागिएको वडाध्यक्ष रामप्रसाद घिमिरेले जानकारी दिए । नगरपालिका र घरेलु तथा साना उद्योग समितिको साझेदारीमा केन्द्र स्थापना गर्न खोजिएको हो । भवन निर्माणका लागि घरेलु तथा साना उद्योग कार्यालय पाल्पाले रु १० लाख विनियोजन गरेको छ भने नपुग नगरपालिकाले व्यवस्थापन गर्नेछ । भवन निर्माण तथा व्यवस्थापनका लागि दुर्गाबहादुर सारु अध्यक्ष रहेको ११ सदस्यीय समिति गठन गरिएको छ ।

गङ्गा सुनार संयोजक रहेको लेखा, लक्ष्मी विक संयोजक रहेको व्यवस्थापन तथा भण्डार र सारु संयोजक रहेको खरीद समिति गठन गरिएको छ । वडाध्यक्ष घिमिरेका अनुसार पाल्पामै एक मात्र साझा सुविधा केन्द्रमा कोसेली घरमा जस्तै स्थानीयस्तरमा उत्पादित पाल्पाली ढाका, चुरापोते, बेतबाँसबाट निर्मित सामग्रीलगायत बिक्रीका लागि राखिने व्यवस्थापन समितिका अध्यक्ष सारुको भनाइ छ । ढाका सङ्घ पाल्पाका सदस्य सारुले आफूले करीब ३०/३५ वर्षदेखि ढाकाको व्यवसाय गरे पनि अब बल्ल बिक्रीका लागि सहज हुने बताए ।

तरकारी खेतीका लागि मुख्य क्षेत्रका रुपमा परिचित माडी मदनपोखरा क्षेत्र नजीकै साझा सुविधा केन्द्र स्थापना गरेर स्थानीयस्तरको सीपको प्रचारप्रसार गर्नसमेत सजिलो हुने वडाध्यक्ष घिमिरेको भनाइ छ । उनका अनुसार स्थानीय कुखुरा, बेतबाँसका कुर्सी, टेबललगायत सामान, ढाका, चुरापोते, साडीमा बुट्टा भर्ने सीप भएका नागरिकको सीपको विकास गर्दै बिकी्र कक्ष राखेर बिक्री गर्ने र धेरै उत्पादन भए अन्यन्त्र बजारमा लैजाने व्यवस्था मिलाइने छ । स्थानीयस्तरका विभिन्न सामग्री नागरिकले उत्पादन गरे पनि बिक्रीका निम्ति सहज सुविधा नभएपछि निरुत्साहित भएका परिवेशमा सुविधा केन्द्र स्थापना हुने भएपछि उद्योगी व्यवसायी खुशी भएका छन् ।