२१ आश्विन २०८१, सोमबार
,
Latest
हिन्दी सिनेमाको इतिहासमै लामो ट्रेलर बन्यो ‘सिंघम अगेन’को ट्रेलर, आज रिलिज हुँदै सुनको मूल्य तोलामा रु ५०० ले घट्यो ‘यूके बेक अफ: द प्रोफेसनल्स–२०२४’ को उपाधि विजेता नारायणको चर्चा चुलिँदै राष्ट्रपतिद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना-तस्बिरहरु मेलम्ची पानीको अवरोध खुलाउन मेलम्चीवासीकै घरमा पुगेर अनुरोध गर्छु: खानेपानीमन्त्री यादव हिमालय एयरलायन्सले पोखरा र भैरहवामा १ सय ८० सिटको न्यरोबडी उडाउने दसैँअघि नै सहज बनाइँदै बागलुङको ग्रामीण सडक सुनसरीमा किसान भन्छन्– ‘यसपटकको दसैँ दशा भएर आयो’ बाढीले सर्वश्व गुमाएको कोशीपारीमा अब जेनेरेटरबाट बिजुली (फोटो फिचर) सडक सञ्जालमा जोडिँदै मुस्ताङ र डोल्पा
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘पार्टी विघटन र आन्दोलन विसर्जन हुने खतरा छ,’ माधव नेपाल



अ+ अ-

काठमाडाैंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधावकुमार नेपालले पछिल्ला घटनाहरुका कारण पार्टी विभाजित हुने र आन्दोलन नै विसर्जनमा जाने प्रश्नहरु उठेको बताउनुभएको छ । नेकपा बागमती प्रदेश कमिटीको राजनैतिक प्रशिक्षण तथा भेला कार्यक्रममा बोल्दै वरिष्ठ नेता नेपालले पार्टी विभाजन हुने विषयमा प्रश्न उठेकाले प्रश्ट हुनुपर्ने बताउनुभयो ।

kf6L{ Pstf ;[b[9Ls/0f tyf hg;DaGw lj:tf/ sfo{qmddf ;xefuLx? sf7df8f}F, !% kmfu’gM g]skf jfUdtL k|b]z ;ª\u7g sld6Låf/f sf7df8f}Fdf laxLaf/ cfof]lht kf6L{ Pstf ;[b[9Ls/0f tyf hg;DaGw lj:tf/ cleofg sfo{qmddf ;xefuLx? . t:jL/ M /f]zg ;fksf]6f÷/f;;

उहाँले भन्नुभयो ‘पत्रपत्रिकामा पढेर तपाइँहरुको दिमाग खराब भएको छ, कतै यो पार्टी भताभुङ्ग हुने त होइन, कतै यो पार्टी विभाजित बन्ने त होइन, पार्टी मात्रै होइन यो आन्दोलन नै कतै विसर्जनको दिशामा जाने त होइन ? यस्ता प्रश्नहरुपनि नउठने गरेका होइनन् । उठ्छन् र त्यसको बारेमा हामी प्रस्ट हुनु पर्दछ । ’ नेता नेपालले यो आन्दोलनलाई विसर्जनको दिसामा जान र पार्टीलाई विघटनको दिसामा जान नदिने बताउनुभयो । ७० वर्षको लामो यात्रा पार गरेर अहिलेको अवस्थामा आइपुगेकाले पार्टी भित्र उब्जिएका समस्या देखेर नआत्तिन कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । उहाँले पार्टी भित्र समस्या पनि हुने र समाधान पनि हुने भएकाले विचलित हुनुपर्ने आवश्यकता नरहेको बताउनुभयो ।

नेता नेपालले ऐतिहासिक कोसेढुङ्गाको रुपमा दुई पार्टीलाई एकतावद्ध गरेर नेपाली जनतालाई विश्वास दिलाउन सफल भएको बताउनुभयो । एकिकरण भएको झण्डै दुई वर्ष भइसक्दा समेत एकताका केही कामहरु टुङ्ग्याउन नसकेको भएपनि त्यसैमा मात्रै चिन्तित हुनुपर्ने आवश्यकता नरहको बताउनुभयो । उहाँले एकिकरणको काममा विलम्ब भएकोले छिटो भन्दाछिटो सम्पन्न गरेमात्र कार्यकर्तामा एकताको अनुभुति हुने बताउनुभयो ।

उहाँले एकता संघर्ष र एकता निरन्तर चलिरहने प्रकृया भएको समेत बताउनुभयो । उहाँले देशमा कम्युनिष्ट पार्टीबाहेक अन्य पार्टीलाई जनताले विश्वास नगरेको उल्लेख गर्दै नेकपाले आफ्नो योज्ञता प्रदर्शन गर्न सकनुपर्ने र एक्लो छौं, दुई तिहाई छौं भनेर दम्भको सिकार बन्न नहुने बताउनुभयो ।