२८ मंसिर २०८२, आईतवार
,
Latest
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते गाउँबस्तीको विकासमा प्रदेश सरकार सक्रिय छः मुख्यमन्त्री बानियाँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपिएल क्वालिफायरः लुम्बिनीविरुद्ध टस जितेर विराटनगरले पहिला बलिङ गर्दै



अ+ अ-

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो सिजनको क्वालिफायर-२ मा लुम्बिनी लायन्सविरुद्ध टस जितेर विराटनगर किङ्सले पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियममा टस जितेर विराटनगरका कप्तान सन्दीप लामिछानेले पहिला फिल्डिङ गर्ने निर्णय गरेका हुन् ।

विराटनगर पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग पराजित भएको थियो । यता लुम्बिनीले एलिमिनेटरमा काठमाडौँ गोर्खाजलाई पराजित गरेसँगै यी दुई टोलीको दोस्रो क्वालिफायरमा भेट भएको हो ।

लिग चरणमा लुम्बिनीले विराटनगरलाई पाँच विकेटले पराजित गरेको थियो । आजको खेलको विजेता टोली प्रतियोगिताको फाइनलमा पुग्नेछ । यसअघि भएको पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिमले विराटनगरलाई पराजित गर्दै फाइनलको यात्रा तय गरिसकेको छ । सुदूरपश्चिम पहिलो संस्करणको उपविजेता हो ।