४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ

विकटको सुगम मातृ स्वास्थ्य सेवाः सान्नी त्रिवेणी गाउँपालिका घरमा सुत्केरी हुनेको सङ्ख्या शून्य

विकटको सुगम मातृ स्वास्थ्य सेवाः सान्नी त्रिवेणी गाउँपालिका घरमा सुत्केरी हुनेको सङ्ख्या शून्य
अ+ अ-

मुम्रा । भौगालिक विकट रहेको मुम्रा गाउँ विकासका पूर्वाधारमा पनि गतिलिँदै छ तर ‘मातृ स्वास्थ्य सेवा’का लागि सुगमका भन्दा कमी छैन । सस्थागत सुत्केरीमा सबैको पहुँच पु¥याएर नयाँ उदाहरण प्रस्तुत गरेको छ । यहाँका महिलाले पछिल्ला केही वर्षदेखि ‘मातृ स्वास्थ्य सेवा’ लिन कष्ट व्यहोर्नुपरेको छैन । सान्नी त्रिवेणी गाउँपालिका–८ स्थित यस गाउँमा पाँच वर्षयता गर्भवती र नवजात शिशुका अकालमा ज्यान गएको छैन, भने दुईवर्षयता हवाई उद्धारसमेत गर्नुपरेको छैन ।

सान्नीघाटदेखि नै जोखिमयुक्त कच्चीले गाउँलाई जोडेको छ । सो स्थानदेखि सवारीसाधनमा यहाँ आइपुग्न करिब दुईरतीन घण्टा लाग्छ । वर्षात्मा त्यो समयमा सम्भव हुन्न । सोही स्थानबाटै उकालो पैदल हिँडेर आउँदा त्यति समय लाग्दैन । नौ वडा रहेको पालिकाका सबै गाउँमा पुग्न कम्तीमा एकहप्ता व्यतित गर्नुपर्छ । गाउँपालिकाले विशेष गरेर मातृ स्वास्थ्य सेवा क्षेत्रमा गरेका प्रयास अनुकरणीय मात्र छैन, सङ्घीय तथा प्रादेशिक उच्च तहमा बसेका नीति निर्मातालाई सिकाइ बन्न सक्छ । गाउँपालिकाले सङ्घीय सरकारको ‘लिजा इन्डिकेटर’ मा कालीकोटबाट प्रथम स्थान हासिल गरेको थियो । गाउँपालिकाका अध्यक्ष मोहनबहादुर केसीले भन्नुभयो, “पाँचवर्षयता यहाँका गर्भवती र नवजात शिशुका अकालमा ज्यान गएको छैन ।

गाउँपालिकाले स्वास्थ्यकर्मी र महिला स्वास्थ्य सेविकामार्फत् घर घरमा मातृस्वास्थ्य सेवा पु¥याएको छ ।” उहाँका अनुसार गाउँपालिकाभित्र पाँचवटा ‘बर्थिङ सेन्टर’ छन् । यस्ता स्वास्थ्य संस्थामा आउन कम्तीमा एकघण्टा भन्दा बढी पैदल हिँड्नुपर्दैन । आवश्यक पूर्वाधार, उपकरण र जनशक्तिको चुस्त व्यवस्थापन गरिएका छन् । उहाँले भन्नुभयो, “मातृ स्वास्थ्य सेवा’ लिन कुनै अप्ठ््यारो, समस्या तथा स्वास्थ्यकर्मीले दुःख दिए भने मलाई फोन गर्नु भनेको छु । समय समयमा अनुगमन गर्ने गरेको छु ।” अध्यक्ष केसीको घर नै मुम्रा गाउँमा छ । गाउँका ७१ वर्षीय नाग्मल बुढाका अनुसार सुत्केरी हुन ९बच्चा पाउन० धेरै सुविधा र परिवर्तन भएको छ । उहाँले भन्नुभयो,“मेरा छोराछोरी जङ्गलमा जन्मेका हुन् । घाँसका भारी र बच्चासँगै ल्याउनुपर्दथ्यो ।
अब त्यो समय रहेन । डाक्टर र अस्पताल जाने चलन थिएन ।”

स्थानीयवासी गाउँका पुछारमा रहेको गाढखोला तरेर पारिपट्टिका जङ्गलमा घाँसदाउरा तथा बस्तुभाउ चराउन जाने गर्दछन् । यही मङ्सिरको दोस्रोसाता तेस्रो सन्तानलाई जन्म दिइकी ३२ वर्षीय रचनाकुमारी बुढाले भन्नुभयो, “मेरा तीनवटै सन्तान मुम्रा स्वास्थ्य चौकीमा जन्मेका हुन् । सुत्केरी व्यथा लागेपछि स्ट्रेचरमा बोकिएर जानुपर्छ । स्वास्थ्य चौकीका नर्स, महिला स्वास्थ्यकर्मी बोलीचाली र व्यवहार राम्रो छ । ”

मुम्रा स्वास्थ्य चौकीका प्रमुख धीरेन्द्र केसीका अनुसार चालु आवको चार महिनामा ११ जना सुत्केरी भइसकेका छन् । तीमध्ये एकजना १८ वर्षकी थिइन् । गत आवमा ४४ जनाले सोही स्वास्थ्य संस्थामा बच्चा जन्माएका थिए । उहाँले भन्नुभयो “गाउँघरमा नै सुत्केरी हुनेको सङ्ख्या शून्य छ । पछिल्लो समय वर्थिङ सेन्टरका लागि आवश्यक सामग्री सेट थप उपलब्ध भएपछि यहाँ समस्या कम नै छ । ”

गाउँपालिकाभित्रका स्वास्थ्य संस्थालाई सुदृढ बनाउन नेपाल रेड्क्रस सोसाइटी कालीकोट जिल्ला शाखाले सहयोग गरिराखेको छ । स्वीस तथा ब्रिटिश रेड्क्रसको आर्थिक एवम् प्राविधिक सहयोगमा सञ्चालित ‘सामुदायिक स्वास्थ्यका लागि एकीकृत पहल कार्यक्रम’ले वर्थिङ सेन्टरमा हुनुपर्ने अत्यावश्यक सामग्रीसहित शौचालय निर्माणमा सहयोग गरेको छ ।

कार्यक्रमका जिल्ला संयोजक भोजराज ओझाले स्वास्थ्य र सरसफाइ, हरित विद्यालय तथा एक घर एक धारा निर्माणमा परियोजनाले गाउँपालिकालाई सहयोग गरेको जानकारी दिनुभयो । डाँफे माध्यामिक विद्यालयका प्रधानाध्यपक दुर्गबहादुर बुढा विद्यालयको हाताभित्रको खुला चौरलाई घेरबार गरिएपछि दीर्धकालीन समस्या हटेकामा खुसी हुनुभएको छ । विद्यालयलाई हरित बनाउन अभियानमा लागेको सो विद्यालयले ‘सामुदायिक स्वास्थ्यका लागि एकीकृत पहल कार्यक्रम’को आर्थिक सहयोगबाट हालै मात्र घेरबारको काम सम्पन्न भएको थियो । “विद्यालयका जमिन घेरबार नहुँदा गाईवस्तु कक्षा कोठामै पसेर साह्रै दुःखको अवस्था थियो । बालबालिकाको वस्तुभाउ धपाउनै समय वित्दथ्यो । अव ढुक्क भयो ।”

उहाँका अनुसार परियोजनाको सहयोगमा छात्राका लागि स्यानिटरी प्याडको पनि व्यवस्था गरिएको छ । यसबाट विद्यालयमा छात्राको उपस्थितिमा वृद्धि भएको छ । स्यानिटरी प्याडको उचित व्यवस्थापन गर्न विद्यालयलाई समस्या परेको छ ।

‘एक घर एक धारा’

करिब १७ हजार जनसङ्ख्या रहेको सो पालिकामा ‘एक घर एक धारा’समेत निर्माण गरिएका छन् । करिब दुई सय भन्दाबढी पानीको मूल संरक्षण गर्दै खानेपानीको व्यवस्थापन गरिएको हो । गाउँपालिकाका अध्यक्ष केसीका अनुसार हालसम्म दुई हजारभन्दा बढी धारा जडान गरिसकिएको छ । मुडपानी मुम्रा बिचगाउँ खोपानी तथा सरसफाइ आयोजना जस्ता योजना ‘सामुदायिक स्वास्थ्यका लागि एकीकृत पहल कार्यक्रम’को सहयोगमा सम्पन्न गरिएका छन् ।
पूर्ण सरसफाइ युक्त गाउँपालिका घोषणाका लागि आवश्यक तयारी समेत थालिएको छ ।

अध्यक्ष केसीले भन्नुभयो, “समुदायका लागि आवश्यक स–सना सहयोगले पनि धेरै परिवर्तन गर्न सकिँदोरहेछ भन्ने उदाहरण हामीले पुष्टि गरेको छौँ । यसका लागि प्रमुख सहयोगी हातहरुद्वय स्वीस रेडक्रस र ब्रिटिश रेडक्रसलाई धन्यवाद दिन चाहन्छु ।” रासस