२१ आश्विन २०८१, सोमबार
,
Latest
सुनको मूल्य तोलामा रु ५०० ले घट्यो ‘यूके बेक अफ: द प्रोफेसनल्स–२०२४’ को उपाधि विजेता नारायणको चर्चा चुलिँदै राष्ट्रपतिद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना-तस्बिरहरु मेलम्ची पानीको अवरोध खुलाउन मेलम्चीवासीकै घरमा पुगेर अनुरोध गर्छु: खानेपानीमन्त्री यादव हिमालय एयरलायन्सले पोखरा र भैरहवामा १ सय ८० सिटको न्यरोबडी उडाउने दसैँअघि नै सहज बनाइँदै बागलुङको ग्रामीण सडक सुनसरीमा किसान भन्छन्– ‘यसपटकको दसैँ दशा भएर आयो’ बाढीले सर्वश्व गुमाएको कोशीपारीमा अब जेनेरेटरबाट बिजुली (फोटो फिचर) सडक सञ्जालमा जोडिँदै मुस्ताङ र डोल्पा सडक अवरुद्ध बस्तीमा ड्रोनमार्फत् खाद्यान्न पठाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्थिक वृद्धिसँगै वित्तीय क्षेत्र स्थायीत्वलाई एकसाथ लैजानुपर्छ : मन्त्री खतिवडा



अ+ अ-

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वृद्धि र वित्तीय स्थायीत्वलाई एकसाथ अगाडि बढाउनुपर्ने बताउनुभएको छ ।

नेपाल राष्ट्र बैंकले अयोजना गरेको तेस्रो अन्तराष्ट्रिय आर्थिक तथा वित्तीय सम्मेलनको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले आर्थिक वृद्धिसँगै वित्तीय क्षेत्र स्थायीत्वलाई एकसाथ लैजानुपर्ने बताउनुभएको हो । उहाँले नेपालको आर्थिक वृद्धिदर सकारात्मक गतिमा अघि बढेको र चालु आर्थिक वर्षमा पनि लक्ष्य अनुसार नै उच्च आर्थिक वृद्धिदर हुने बताउनुभयो । उहाँले आर्थिक वृद्धि र वित्तीय स्थायीत्वलाई समान रुपले बढाउन वित्तीय संघीयताको कार्यान्वयनमा जोड दिनुभयो ।

मुलुकमा वित्तीय संघीयता लागु भइसकेको र सरकार त्यसमा सफल हुँदै गएपनि केही गैह्र बैंकिङ क्षेत्रका कारण समस्या भइरहेको संकेत गर्नुभयो । उहाँले पछिल्लो समय नेपालमा छायाँ बैंकिङको प्रवृति हावी भएको र वाणिज्य बैंकले गर्ने काम अन्य गैह्रबैंकिङ संस्थाहरुले गर्न थालेको बताउनुभयो । उहाँले फरक फरक नाउँमा बैंक, वित्तीय संस्था र गैह्रबैंकिङ संस्थाले एउटै काम गर्दा, सरकार, केन्द्रिय बैंक र जनता अलमलमा परेको बताउनुभयो । उहाँले बैंकिङ गतिविधि मात्र वित्तीय समावेशिकरण नभएकाले बीमा कम्पनीहरुले जोखिम बहन नगरे बैंक तथा वित्तीय संस्थाहरु जोखिममा पर्नसक्ने बताउनुभयो ।

अर्थमन्त्री खतिवडाले आर्थिक वृद्धि र वित्तीय स्थायीत्वलाई समान रुपमा अगाडि बढाउन चुनौति देखा परेको बताउनुभयो । उहाँले सरकार व्यववसाय गर्न असफल भएपनि बजारलाई असफल हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले बजार असफल भएमा सरकार समेत असफल हुने भएकाले निजी क्षेत्रलाई साथमा लिएर उच्च आर्थिक विकासको बाटोमा अगाडि बढिरहेको समेत बताउनुभयो । त्यसका लागि आन्तरिक उत्पादन बढाउन स्थानीय उत्पादनमा जोड दिइएको र आधारभुत सेवा र आधारभुत पूर्वाधार निर्माणका काम भइराखेकोले विकासको आधारहरु तयार हुँदै गएको उहाँले बताउनुभयो । शनिबार सम्म चल्ने सम्मेलनमा छलफल हुने विषयहरुबाट वित्तीय स्थायीत्वका लागि नीति निर्माणमा सहयोग पुग्ने विश्वास समेत अर्थमन्त्री खतिवडाले गर्नुभयो ।