४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ

यी हुन् मन्त्रिपरिषद् बैठकका १८ निर्णयहरु

यी हुन् मन्त्रिपरिषद् बैठकका १८ निर्णयहरु
अ+ अ-

काठमाडौँ । सरकारले यातायात क्षेत्रसम्बन्धी सर्वोच्च अदालतका आदेशहरू कार्यान्वयन सम्बन्धमा दीपक सुवेदीको अध्यक्षतामा शरद अधिकारी र योगेन्द्रनाथ कर्माचार्य सदस्य रहेको जाँचबुझ आयोग गठन गरेको छ ।

सोमवार बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बताउनु भयो । उहाँकाअनुसार सरकारले नेपाल र मौरिससबीच सम्पन्न दोहोरो करमुक्ति तथा वित्तीय छल निरोधसम्बन्धी सम्झौता अन्त्य गर्ने निर्णय गरेको छ । त्यस्तै नेपाल न्याय सेवा, न्याय समूहका चारजना सहसचिवहरूको सरुवा गर्ने निर्णय गरेको छ । सरकारले आर्थिक वर्ष २०८२/८३ को लागि कृषकले उत्पादन गरेको उखुको न्युनतम खरिद मूल्य प्रतिक्विन्टल ६२० रुपैयाँ निर्धारण गर्ने र उखु कृषकलाई अनुदान रकम प्रति क्वीन्टल ७०/– कायम गर्ने निर्णय गरेको छ ।

यस्ता छन् सरकारका निर्णयहरुः 

कोलम्बो प्लानको नवौं महासचिव पदमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माको उम्मेदवारी मनोनयन गर्न स्वीकृति दिने ।
नेपाल र मौरिससबीच सम्पन्न दोहोरो करमुक्ति तथा वित्तीय छल निरोधसम्बन्धी सम्झौता अन्त्य गर्ने ।
सिंचाई व्यवस्थापन कम्पनी लिमिटेडको संस्थापना गर्न ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयलाई स्वीकृति दिने ।
नेपाल न्याय सेवा, न्याय समूहका चारजना सहसचिवहरूको सरुवा गर्ने ।
आर्थिक वर्ष २०८२/८३ को लागि कृषकले उत्पादन गरेको उखुको न्युनतम खरिद मूल्य प्रतिक्विन्टल ६२० रुपैयाँ निर्धारण गर्ने र उखु कृषकलाई अनुदान रकम प्रति क्वीन्टल ७०÷– कायम गर्ने ।
२०८२ मङ्सिर २९ र पुस १ गते भूटानको थिम्पुमा आयोजना हुने तेस्रो साइन्स, पोलिसी एण्ड फाइनान्स डायलग फर रेजिनल एयर क्वालिटी म्यानेजमेण्ट इन द इण्डो जेनेटिक प्लेन एण्ड हिमालयन फोथिलिस विषयक कार्यक्रममा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. दीपक कुमार खराललाई सहभागी हुन स्वीकृति प्रदान गर्ने ।
यातायात क्षेत्रसम्बन्धी सर्वोच्च अदालतका आदेशहरू कार्यान्वयन सम्बन्धमा दीपक सुवेदीको अध्यक्षतामा शरद अधिकारी र योगेन्द्र नाथ कर्माचार्य सदस्य रहेको जाँचबुझ आयोग गठन गर्ने ।
२०८१ चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनको क्रममा आगलागीमा परी मृत्यु भएका पत्रकार स्व. सुरेश रजकलाई राज्यकोतर्फबाट सहिद घोषणा गर्ने ।
संवत् २०८२ साल भदौ २३ र २४ गतेको जेन–जी प्रदर्शन तथा आन्दोलनमा घाइते तथा अपाङ्ग भएका व्यक्तिलाई राहत सहायता उपलब्ध गराउनेसम्बन्धी कार्यविधि, २०८२ स्वीकृत गर्ने ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र मातहतका निकायहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने ।
सन् १९७३ मा फिलिपिन्सको मनिलामा आयोजना भएको पहिलो एशियाली एथलेटिक्स च्याम्पियनसिपमा काँस्य पदक हासिल गरी नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने पूर्वम्याराथुन धावक एवं ओलम्पियन जीतबहादुर के.सी. लाई सम्मान स्वरूप नगद २५ लाख रुपैयाँ प्रदान गर्ने ।
नेपाली सेनाका तीन जना महासेनानीहरूको सरूवा गर्ने, एक जना सहायक रथीको पदावधि थप गर्ने र एक जना सहायक रथीको उपरथीमा विशेष बढुवा गर्ने ।
महालेखा नियन्त्रक कार्यालय र अन्तर्गतका निकायहरूको संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र अन्तर्गतका निकायहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति दिने ।
मेहेलकुना–खटाङ्ग–घुमखहरे त्रिकोणात्मक झोलुङ्गे पुल आयोजना, सुर्खेतलाई राष्ट्रिय प्राथमिकताप्राप्त आयोजना तोक्ने ।
१० जिल्ला (ईलाम, कास्की, चितवन, झापा, तेह्रथुम, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पर्वत, मोरङ र सुनसरी) का ९४ हजार ५२७ गरिव परिवारको सूची स्वीकृत गर्ने ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (दोस्रो संशोधन) नियमावली, २०८२ स्वीकृत गर्ने ।
नेपाल प्रशासन सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा सहसचिव श्री राजेन्द्रकुमार पौडेललाई बढुवा गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेशको प्रमुख सचिव पदमा पदस्थापन गर्ने ।