४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ

कालीगण्डकीको पानी रत्नेचौरमा: ‘एक घर, एक धारा’

कालीगण्डकीको पानी रत्नेचौरमा: ‘एक घर, एक धारा’
अ+ अ-

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा कालीगण्डकी नदीको पानी तानेर ‘एक घर, एक धारा’ सहितको खानेपानी योजना सम्पन्न भएको छ ।

खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीमार्फत सञ्चालित रत्नेचौर ‘लिफ्ट’ खानेपानी योजनाबाट २४९ घरपरिवार लाभान्वित भएका छन् । कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर झलकमोहन ओझाले योजनाको संरचना निर्माण सकिएपछि यसै हप्तादेखि परीक्षणका लागि पानी वितरण थालिएको जानकारी दिनुभयो ।

“विद्युतीय उपकरणको सहायताले कालीगण्डकीको पानीलाई तीन चरणमा ४५० मिटरमाथि रहेको सालघारीको ट्याङ्कीमा तानेर मुख्य र शाखा लाइनमार्फत घरघरमा वितरण थालेका छौँ”, उहाँले भन्नुभयो , “उपभोक्ताको श्रमदानसहित करिब रु तीन करोड ५० लाखमा योजना निर्माण भएको हो ।”

रत्नेचौरको फेदीमा रहेको लामगरास्थित कालीगण्डकीको किनारमा १० मिटर गहिरो इनार बनाइ २५ हर्स पावर क्षमताको पम्प जडान गरेर २५० मिटरमाथि सुन्दरचौरमा निर्माण भएको २५ हजार लिटर क्षमताको रिजर्भ ट्याङ्कीमा पु¥याइएको छ ।

सुन्दरचौरको ट्याङ्कीबाट थप १०० मिटरमाथि उपल्लाचौरको डहरेमा रहेको इन्टेकमा पानी तानेर रत्नेचौर र सालघारीमा रहेका दुई वटा रिजर्भ ट्याङ्कीमा फरक÷फरक पाइप लाइनमार्फत आपूर्ति भएको छ ।

रत्नेचौरमा खानेपानी आपूर्ति गराउन ६५ हजार लिटर क्षमताको रिजर्भ ट्याङ्की, सालघारी र उपल्लाचौरमा पानी वितरणका लागि डहरेदेखि थप १०० मिटरमाथि सालघारीमा निर्माण भएको २५ हजार लिटर क्षमताको अर्को ट्याङ्कीमा पानी आपूर्ति गराउने संरचना निर्माण भएको छ । विद्युतीय उपकरणको सहायताले कालीगण्डकीबाट प्रति सेकेण्ड पाँच लिटरका दरले पानी आपुर्ति भएको कार्यालय प्रमुख ओझाले बताउनुभयो । एक हजार सात सय मिटर मुख्य र १७ किलोमिटर शाखा पाइपलाइन निर्माण भएको छ ।

रत्नेचौरबासीको घरघरमा मिटर जडित धाराबाट पानी वितरण गर्न थालिएको उपभोक्ता समितिका अध्यक्ष रत्नबहादुर खत्रीले बताउनुभयो । संरचनाको परिक्षणका साथैमा त्रुटी देखिएको ठाउँमा मर्मत र सुधार भइरहेको उहाँले बताउनुभयो । योजनाको दिर्घकालीन सञ्चालन र पानीको मितब्ययी प्रयोगका लागि घरघरमा मिटर जडान गरिएको छ ।

रत्नेचौरका बासिन्दा सरला पुनले सार्वजनिक धारामा पालो कुरेर पानी ल्याउनुपर्ने समस्या हटेको र समयको बचत भएको बताउनुभयो । “निजी धारामा पानी आउन थालेपछि समयको बचत र झञ्जट हटेको छ,” उहाँले भन्नुभयो “सार्वजनिक धाराबाट ८–१० घरले पालो लगाएर पानी ल्याउँदा भनेको समयमा नपाउने समस्या थियो ।”

उपभोक्ता अमर पुनले धारा निर्माण भएको तीन वर्षपछि पानी आएको बताउदै खुसी व्यक्त गर्नुभयो । व्यक्तिगत, घरायसी र सामुदायिक सरसफाईमा पनि सहयोग पुगेको उहाँको अनुभव छ ।

रत्नेचौरमा विसं २०३५ मा निर्माण भएको खानेपानी आयोजना जीर्ण र अव्यवस्थित भएको थियो । जीर्ण संरचना र मुहान सुक्दै गएकाले पर्याप्त पानी आपूर्ति हुन सकेको थिएन । पुरानो मुहानबाट हिउँदयाममा पानीको स्रोत सुक्ने र अभाव हुन थालेपछि दीर्घकालीन रुपमा खानेपानी आपूर्तिका लागि लिफ्ट प्रविधिको योजना निर्माण गर्नुपरेको बेनी नगरपालिका–१ का वडाध्यक्ष टेकबहादुर थापाले बताउनुुभयो ।

मुहानको समस्या र निर्माण व्यवसायीको ढिलासुस्तीले थलिएको योजनालाई जनप्रतिनिधि, उपभोक्ता, कार्यालयको पहलमा लयमा फर्काएर सम्पन्न गराएको वडाध्यक्ष थापाले बताउनुभयो ।

सङ्घीय सरकारले गण्डकी प्रदेशलाई उपलब्ध गराएको विशेष अनुदानको यस योजना निर्माणका लागि विसं २०७६ असार २४ गते प्राकृतिक–प्रदीप जुम्ली जेभीले रु दुई करोड ७५ लाखमा ठेक्का सम्झौता गरेको थियो । भौतिक संरचना निर्माण ठेक्का, शाखा पाइपलाइन खन्ने र पुर्ने उपभोक्तामार्फत गरिएको हो भने पाइप र फिटिङका सामग्री कार्यालयले खरिद गरेर उपलब्ध गराएको थियो ।

कार्यालयले आर्थिक वर्ष २०८०÷८१ मा अनावश्यक संरचना र लागतलाई ठेक्का सम्झौताको रकम घटाएर रु दुई करोड ४० लाख बनाएको थियो । पाइप र फिटिङका सामान खरिदमा रु ६० लाख ६९ हजार, विद्युतीकरणमा रु ३३ लाख ८६ हजार, शाखा लाइन खन्ने र पुर्न उपभोक्ताको रु ४२ लाख तथा आयोजना व्यवस्थापनमा रु १० लाख १५ हजार खर्च भएको कार्यालय प्रमुख ओझाले बताउनुभयो । रासस