२७ भाद्र २०८३, शनिबार
,
Latest
अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने भारतद्वारा नेपाललाई पुल सहयोग ‘मधेसलाई अधिकार सम्पन्न बनाउन सडक संघर्ष आवश्यक छ’–उपेन्द्र यादव धोबीखोलामा जलसतह बढ्दो, सतर्क रहन आग्रह अमेरिकी नागरिकसहित बाढीपीडितको पहिचानका लागि नेपाल प्रहरीलाई अमेरिकाले १० लाख डलर सहयोग गर्ने ‘अधिकारका लागि निर्णायक आन्दोलन गर्न तयार हुनुपर्छ’–सिके राउत
तपाईं के खोज्दै हुनुहुन्छ ?

सार्वजनिक-निजी क्षेत्र साझेदारीमा मात्र द्रुत विकास सम्भव छः उपाध्यक्ष ढकाल



अ+ अ-

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सार्वजनिक, निजी साझेदारीले मात्र देशमा द्रुत आर्थिक विकास सम्भव हुने बताएका छन् ।

रामेछाप उद्योग वाणिज्य संघले आयोजना गरेको दोस्रो रामेछाप महोत्सवको अवसरमा आज सम्बोधन गर्दै उनले निजी क्षेत्रलाई साझेदारीको रुपमा राज्यले लिदैन तबसम्म द्रुत विकास असम्भव प्राय रहने छ ।

तीनतहको सरकार बनेपछि राज्य–निजी क्षेत्रको साझेदारी बढ्दै गएको बताउँदै निजी क्षेत्रलाई साझेदार बनाएर सरकारले कृषि, पर्यटन, जलविद्युत तथा उद्योगधन्दाको विकास गर्नुपर्ने बताए ।

यही राज्य–निजी क्षेत्रको साझेदारीले मलेसियाको विकास भएको चर्चा गर्दै उनले पुराना नीति, नियम र कानुनलाई परिमार्जन गरी निजी क्षेत्रको लगानीको वातावरण तयार गर्न आग्रह गरे ।
उनले स्थानीय सीप, साधन र रोजगारीलाई प्रवद्र्धनलेमात्र देशको आर्थिक विकास सम्भव रहेको बताएका छन् ।