२१ आश्विन २०८१, सोमबार
,
Latest
सुनको मूल्य तोलामा रु ५०० ले घट्यो ‘यूके बेक अफ: द प्रोफेसनल्स–२०२४’ को उपाधि विजेता नारायणको चर्चा चुलिँदै राष्ट्रपतिद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना-तस्बिरहरु मेलम्ची पानीको अवरोध खुलाउन मेलम्चीवासीकै घरमा पुगेर अनुरोध गर्छु: खानेपानीमन्त्री यादव हिमालय एयरलायन्सले पोखरा र भैरहवामा १ सय ८० सिटको न्यरोबडी उडाउने दसैँअघि नै सहज बनाइँदै बागलुङको ग्रामीण सडक सुनसरीमा किसान भन्छन्– ‘यसपटकको दसैँ दशा भएर आयो’ बाढीले सर्वश्व गुमाएको कोशीपारीमा अब जेनेरेटरबाट बिजुली (फोटो फिचर) सडक सञ्जालमा जोडिँदै मुस्ताङ र डोल्पा सडक अवरुद्ध बस्तीमा ड्रोनमार्फत् खाद्यान्न पठाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

गीतकार आचार्यसहित पाँच जनालाई ‘सिम्पल सम्मान’ प्रदान



अ+ अ-

काठमाडौं । नेपाली साहित्य, संगीत र कलामा समर्पित सामाजिक संस्था ‘सिम्पल आर्टस बानेश्वर’ को २२ औं वार्षिकोत्सवको अवसरमा गीतकार एवम् पुर्व प्रहरी वरिष्ठ उपरिक्षक नारायणकुमार आचार्य सहित समाजका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान गरेका पाँच जना महानुभावलाई सम्मान गरियो । यसरी सम्मानित हुनेहरुमा शिक्षासेवी संगीताश्रेष्ठ, व्याडमिण्टन खेलका अन्तर्राष्ट्रिय एम्पायर दिपक थापा, नायीका रेजिना उप्रेती र साहित्यकार एव्म कलाकार मिठुकृष्ण श्रेष्ठ छन् ।

उनीहरुलाई वरिष्ठ चलचित्र निर्देशक लक्ष्मीनाथ शर्मा, बागमती प्रदेशका सांसद राजेन्द्रप्रसाद गुरुंग र गणेश दुलाल तथा सिम्पल आर्टस परिवारका अध्यक्ष पुष्कर जंगम लगायतले सम्मानपत्र र माला लगाएर सम्मान गरेका थिए ।

सोही समारोहमा कपन बानेश्वर साहित्यीक पत्रिकाले एनकेसिंह मेमोरियल स्कूल (इ.पि.एस)काभाइस प्रिन्सिपल राजेन्द्र शर्मालाई ‘कपन—बानेश्वर विशेष सम्मान’प्रदान गरेको थियो । सिम्पल आर्टस्का अध्यक्ष पुस्कर जंगमको सभापतित्वमा सम्पन्न सम्मान समारोहमा उपाध्यक्ष सीताराम पोखरेलले संस्थाको गतिविधिबारे प्रकाश पारेका थिए भने विभिन्न वक्ताहरुले बोलेका थिए ।