२७ भाद्र २०८३, शनिबार
,
Latest
अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने भारतद्वारा नेपाललाई पुल सहयोग ‘मधेसलाई अधिकार सम्पन्न बनाउन सडक संघर्ष आवश्यक छ’–उपेन्द्र यादव धोबीखोलामा जलसतह बढ्दो, सतर्क रहन आग्रह अमेरिकी नागरिकसहित बाढीपीडितको पहिचानका लागि नेपाल प्रहरीलाई अमेरिकाले १० लाख डलर सहयोग गर्ने ‘अधिकारका लागि निर्णायक आन्दोलन गर्न तयार हुनुपर्छ’–सिके राउत
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यान्सर उपचारको लागि जापानबाट लक्ष्मी थापाको आर्थिक सहयोग



अ+ अ-

ललितपुर । गालाको क्यान्सर भएर अनुहार नै चिन्न नसक्ने भएका महोत्तरीका ४० वर्षिय विपन्न क्यान्सर रोगी अलिम कवाडीको उपचारको लागि हाल तोयोहाशी, जापान निवासी चाँगुनारायण नगरपालिका, छायाँवस्ती, छालिंगकी लक्ष्मी थापा मगरले २१ हजार रुपैया आर्थिक सहयोग गरेकी छिन् । वरिष्ठ पत्रकार बलराम प्यासीको पहलमा समाजसेवी थापा मगरबाट प्राप्त भएको सो रकम पत्रकार प्यासीले नेपाल क्यान्सर सहयोग समूहकी संयोजक एवम् नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरकी निर्देशक स्वरुपा श्रेष्ठलाई नेपाल क्यान्सर हस्पिटलमा शनिबार आयोजित एक कार्यक्रममा हस्तान्तरण गरे ।

निर्देशक श्रेष्ठको अगुवाईमा सो अस्पतालमा विपन्न क्यान्सर रोगीहरुको उपचार हुँदै आएको छ । क्यान्सररोगी कवाडीको नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धिको ३१८ नं सैयामा राखेर उपचार हुँदैछ । उनको यही फागुन २१ गते बुधबार सो अस्पतालको हेड एण्ड नेक क्यान्सर विशेषज्ञ एवम् शल्य चिकित्सक डा. प्रभात ठाकुर सहितको विशेषज्ञ समूहले शल्यक्रिया गर्ने तयारी गरेको अस्पतालले जनाएको छ । यसअघि सो टोलीले २२ वर्षिया ज्योति राईको मुखको जटिल शल्यक्रिया सफलता पूर्वक सम्पन्न गरेको थियो ।

क्यान्सररोगी कवाडीको उपचारको लागि नेपालक्यान्सर सयोग समूह, उपचारका लागि सहयोगी हातहरु र रोटरी क्लव अफयलले पनि आवश्यक पर्ने सहयोग रकम जुटाउँदै छ भने नेपाल क्यान्सर अस्पतालले उनको निःशुल्क शल्यक्रिया गरिदिने बताएको छ ।

उपचार रकमको अभावमा लामो समयदेखि रोग पालेर वस्न वाध्य विपन्न क्यान्सररोगी कवाडीको उपचारको लागि सहयोग जुटाई दिएकोमा नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरका कार्यकारी अध्यक्ष डा. सुदिपश्रेष्ठ र निर्देशक स्वरुपा श्रेष्ठले वरिष्ठ पत्रकार प्यासीलाई धन्यवाद दिए । क्यान्सर रोगी कवाडीको उपचारको लागि सहयोग गर्न चाहने दाताहरुले सो अस्पतालको बेड नं ३१८ मा सम्पर्क गर्न सकने अस्पतालले जनाएको छ ।