२१ असार २०८३, आईतवार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल सामाजिक चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीसँग ध्यानाकर्षण कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राईलाई राष्ट्रिय विभूति घोषणाको पहल



अ+ अ-

काठमाडौँ । विसं २००७ को क्रान्तिका योद्धा जननायक रामप्रसाद राईलाई राष्ट्रिय विभूति घोषणाका लागि पहल अघि बढेको छ ।

रामप्रसाद राई स्मृति प्रतिष्ठानले लामो समयदेखि सो माग गर्दै आएकामा रार्ईको १११ औँ जन्मयजन्तीका अवसरमा आइतबार आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले निरङ्कुश राणा शासनविरुद्धको क्रान्तिमा मुक्तिसेनाको अगुवाइ गरी देशलाई उज्यालो बनाउन चाहने उज्यालोकर्ता राईलाई सरकारबाट राष्ट्रिय विभूति घोषणा गराउन आफूले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । राई भोजपुरका अग्रणी क्रान्ति योद्धा हुन् ।

पूर्वमन्त्री प्रदीप नेपालले प्रजातान्त्रिक योद्धा राईलाई सरकारले उचित सम्मान दिनुपर्ने बताए । प्रतिष्ठानका कार्यवाहक अध्यक्ष पासाङदोर्ची शेर्पाले देशको वर्तमान उपलब्धिमा रामप्रसाद राईको सपना गाँसिएकाले सरकारले राईलाई राष्ट्रिय विभूति घोषणा गर्नुको विकल्प नरहेको जनाए ।कार्यक्रममा लेखक तथा अन्वेषक भोगीराज चाम्लिङले ‘प्रजातान्त्रिक योद्धा रामप्रसाद राईलाई राष्ट्रिय विभूति घोषणा गरिनुपर्ने आधार’ विषयक गोष्ठीपत्र प्रस्तुत गरेका थिए ।