२१ आश्विन २०८१, सोमबार
,
Latest
सखिया नाचमा झुम्दै कञ्चनपुरका थारु बस्ती नेपाली सेनाद्वारा पर्वतको कुश्मामा शंकास्पद वस्तु निस्क्रिय काठमाडौं महानगरपालिकाको अनुगमन: २२ पसलमा म्याद गुज्रिएका सामान भेटिए प्रधानमन्त्रीलाई दैवी प्रकोप उद्धार कोष रकम हस्तान्तरण सबैभन्दा बढी कुन देशका मानिसले पिउँछन् बियर ? हिन्दी सिनेमाको इतिहासमै लामो ट्रेलर बन्यो ‘सिंघम अगेन’को ट्रेलर, आज रिलिज हुँदै सुनको मूल्य तोलामा रु ५०० ले घट्यो ‘यूके बेक अफ: द प्रोफेसनल्स–२०२४’ को उपाधि विजेता नारायणको चर्चा चुलिँदै राष्ट्रपतिद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना-तस्बिरहरु मेलम्ची पानीको अवरोध खुलाउन मेलम्चीवासीकै घरमा पुगेर अनुरोध गर्छु: खानेपानीमन्त्री यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

राईलाई राष्ट्रिय विभूति घोषणाको पहल



अ+ अ-

काठमाडौँ । विसं २००७ को क्रान्तिका योद्धा जननायक रामप्रसाद राईलाई राष्ट्रिय विभूति घोषणाका लागि पहल अघि बढेको छ ।

रामप्रसाद राई स्मृति प्रतिष्ठानले लामो समयदेखि सो माग गर्दै आएकामा रार्ईको १११ औँ जन्मयजन्तीका अवसरमा आइतबार आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले निरङ्कुश राणा शासनविरुद्धको क्रान्तिमा मुक्तिसेनाको अगुवाइ गरी देशलाई उज्यालो बनाउन चाहने उज्यालोकर्ता राईलाई सरकारबाट राष्ट्रिय विभूति घोषणा गराउन आफूले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । राई भोजपुरका अग्रणी क्रान्ति योद्धा हुन् ।

पूर्वमन्त्री प्रदीप नेपालले प्रजातान्त्रिक योद्धा राईलाई सरकारले उचित सम्मान दिनुपर्ने बताए । प्रतिष्ठानका कार्यवाहक अध्यक्ष पासाङदोर्ची शेर्पाले देशको वर्तमान उपलब्धिमा रामप्रसाद राईको सपना गाँसिएकाले सरकारले राईलाई राष्ट्रिय विभूति घोषणा गर्नुको विकल्प नरहेको जनाए ।कार्यक्रममा लेखक तथा अन्वेषक भोगीराज चाम्लिङले ‘प्रजातान्त्रिक योद्धा रामप्रसाद राईलाई राष्ट्रिय विभूति घोषणा गरिनुपर्ने आधार’ विषयक गोष्ठीपत्र प्रस्तुत गरेका थिए ।