२१ असार २०८३, आईतवार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल सामाजिक चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीसँग ध्यानाकर्षण कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भिडियो एक्सरे सेवा ठप्प: सेवाग्राही मर्कामा



अ+ अ-

राजविराज । सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा सञ्चालन हुँदै आएको भिडियो एक्सरे सेवा ठप्प हुँदा सेवाग्राही मर्कामा परेका छन् । अस्पतालमा भिडियो एक्सरे मेसिन छ तर प्रयोगमा ल्याउने जनशक्ति अभावका कारण सेवा नै बन्द छ । भिडियो एक्सरे सेवाका लागि अस्पतालमा एकजना रेडियोलोजिष्ट डाक्टरको दरबन्दी छ । दरबन्दी अनुसार डाक्टर नहुँदा यहाँका नागरिकले अस्पतालबाट सहज र सुलभ सेवा पाउन सकेका छैनन् ।अस्पतालमा भिडियो एक्सरे सेवा बन्द हुँदा निजी क्लिनिकमा महँगो शुल्कमा भिडियो एक्सरे गर्न बाध्य रहेको बिरामीले गुनासो गर्छन् ।

भिडियो एक्सरे विभागका (कन्सल्टेन्ट रेडियोलोजिष्ट) डाक्टर विकासकुमार साहले आफ्नो जागीरको अवधि म्याद थप नगरेकाले एक्कासि सेवा बन्द गरेर छोडेपछि यहाँको भिडियो एक्सरे नै पूर्णरुपमा बन्द भएको अस्पतालका एक कर्मचारीले जानकारी दिएका छन् । भिडियो एक्सरे विभागका (कन्सल्टेन्ट रेडियोलोजिष्ट) डाक्टर साहको गत पुसमा नै करार अवधि म्याद सकिएपछि भिडियो एक्सरे सेवा बन्द भएको अस्पताल प्रशासनले जनाएको छ । उनको म्याद थप नभएपछि सो सेवा विगत दुई महिनादेखि पूर्णरुपमा बन्द हुँदा सेवाग्राही मर्कामा परेका हुन् ।

भिडियो एक्सरे सेवा बन्द हुँदा अस्पतालमा जचाउन आउने बिरामीले महँगो शुल्क तिरेर बाहिर सेवा लिन बाध्य भएको सेवाग्राही बिनाइ तिवारीले बताए । अस्पतालको भिडियो एक्सरे विभागका (कन्सल्टेन्ट रेडियोलोजिष्ट) डाक्टर साहको म्याद थप र उनको ठाउँमा अर्को डाक्टर ल्याउने समयमा पहल नगरेकाले अहिले अस्पतालमा आउने बिरामी उचित सेवा लिनबाट वञ्चित भइरहेको उनले गुनासो छ ।

अस्पतालका लेखाशाखाकाअनुसार भिडियो एक्सरे सञ्चालन भइरहँदा अस्पताललाई दोब्बर राजश्व उठ्ने गरेको थियो तर विगत दुई महिनादेखि सो सेवा बन्द भएपछि राजस्व पनि प्रभावित हुने गरेको पाइएको छ । मङ्सिर महिनामा रु ११ लाख ५५ हजार ११९ राजश्व सङ्कलन गरेको सो अस्पतालले भिडियो एक्सरे सेवा बन्द भएपछि माघ महिनामा रु पाँच लाख २७ हजार ६९७ मात्र राजश्व असुली भएको जनाएको छ ।