२१ आश्विन २०८१, सोमबार
,
Latest
सखिया नाचमा झुम्दै कञ्चनपुरका थारु बस्ती नेपाली सेनाद्वारा पर्वतको कुश्मामा शंकास्पद वस्तु निस्क्रिय काठमाडौं महानगरपालिकाको अनुगमन: २२ पसलमा म्याद गुज्रिएका सामान भेटिए प्रधानमन्त्रीलाई दैवी प्रकोप उद्धार कोष रकम हस्तान्तरण सबैभन्दा बढी कुन देशका मानिसले पिउँछन् बियर ? हिन्दी सिनेमाको इतिहासमै लामो ट्रेलर बन्यो ‘सिंघम अगेन’को ट्रेलर, आज रिलिज हुँदै सुनको मूल्य तोलामा रु ५०० ले घट्यो ‘यूके बेक अफ: द प्रोफेसनल्स–२०२४’ को उपाधि विजेता नारायणको चर्चा चुलिँदै राष्ट्रपतिद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना-तस्बिरहरु मेलम्ची पानीको अवरोध खुलाउन मेलम्चीवासीकै घरमा पुगेर अनुरोध गर्छु: खानेपानीमन्त्री यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

भिडियो एक्सरे सेवा ठप्प: सेवाग्राही मर्कामा



अ+ अ-

राजविराज । सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा सञ्चालन हुँदै आएको भिडियो एक्सरे सेवा ठप्प हुँदा सेवाग्राही मर्कामा परेका छन् । अस्पतालमा भिडियो एक्सरे मेसिन छ तर प्रयोगमा ल्याउने जनशक्ति अभावका कारण सेवा नै बन्द छ । भिडियो एक्सरे सेवाका लागि अस्पतालमा एकजना रेडियोलोजिष्ट डाक्टरको दरबन्दी छ । दरबन्दी अनुसार डाक्टर नहुँदा यहाँका नागरिकले अस्पतालबाट सहज र सुलभ सेवा पाउन सकेका छैनन् ।अस्पतालमा भिडियो एक्सरे सेवा बन्द हुँदा निजी क्लिनिकमा महँगो शुल्कमा भिडियो एक्सरे गर्न बाध्य रहेको बिरामीले गुनासो गर्छन् ।

भिडियो एक्सरे विभागका (कन्सल्टेन्ट रेडियोलोजिष्ट) डाक्टर विकासकुमार साहले आफ्नो जागीरको अवधि म्याद थप नगरेकाले एक्कासि सेवा बन्द गरेर छोडेपछि यहाँको भिडियो एक्सरे नै पूर्णरुपमा बन्द भएको अस्पतालका एक कर्मचारीले जानकारी दिएका छन् । भिडियो एक्सरे विभागका (कन्सल्टेन्ट रेडियोलोजिष्ट) डाक्टर साहको गत पुसमा नै करार अवधि म्याद सकिएपछि भिडियो एक्सरे सेवा बन्द भएको अस्पताल प्रशासनले जनाएको छ । उनको म्याद थप नभएपछि सो सेवा विगत दुई महिनादेखि पूर्णरुपमा बन्द हुँदा सेवाग्राही मर्कामा परेका हुन् ।

भिडियो एक्सरे सेवा बन्द हुँदा अस्पतालमा जचाउन आउने बिरामीले महँगो शुल्क तिरेर बाहिर सेवा लिन बाध्य भएको सेवाग्राही बिनाइ तिवारीले बताए । अस्पतालको भिडियो एक्सरे विभागका (कन्सल्टेन्ट रेडियोलोजिष्ट) डाक्टर साहको म्याद थप र उनको ठाउँमा अर्को डाक्टर ल्याउने समयमा पहल नगरेकाले अहिले अस्पतालमा आउने बिरामी उचित सेवा लिनबाट वञ्चित भइरहेको उनले गुनासो छ ।

अस्पतालका लेखाशाखाकाअनुसार भिडियो एक्सरे सञ्चालन भइरहँदा अस्पताललाई दोब्बर राजश्व उठ्ने गरेको थियो तर विगत दुई महिनादेखि सो सेवा बन्द भएपछि राजस्व पनि प्रभावित हुने गरेको पाइएको छ । मङ्सिर महिनामा रु ११ लाख ५५ हजार ११९ राजश्व सङ्कलन गरेको सो अस्पतालले भिडियो एक्सरे सेवा बन्द भएपछि माघ महिनामा रु पाँच लाख २७ हजार ६९७ मात्र राजश्व असुली भएको जनाएको छ ।