२१ आश्विन २०८१, सोमबार
,
Latest
सखिया नाचमा झुम्दै कञ्चनपुरका थारु बस्ती नेपाली सेनाद्वारा पर्वतको कुश्मामा शंकास्पद वस्तु निस्क्रिय काठमाडौं महानगरपालिकाको अनुगमन: २२ पसलमा म्याद गुज्रिएका सामान भेटिए प्रधानमन्त्रीलाई दैवी प्रकोप उद्धार कोष रकम हस्तान्तरण सबैभन्दा बढी कुन देशका मानिसले पिउँछन् बियर ? हिन्दी सिनेमाको इतिहासमै लामो ट्रेलर बन्यो ‘सिंघम अगेन’को ट्रेलर, आज रिलिज हुँदै सुनको मूल्य तोलामा रु ५०० ले घट्यो ‘यूके बेक अफ: द प्रोफेसनल्स–२०२४’ को उपाधि विजेता नारायणको चर्चा चुलिँदै राष्ट्रपतिद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना-तस्बिरहरु मेलम्ची पानीको अवरोध खुलाउन मेलम्चीवासीकै घरमा पुगेर अनुरोध गर्छु: खानेपानीमन्त्री यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

गत वर्षको तुलनामा कम हुँदै आपराधिक घटना



अ+ अ-

भक्तपुर । केही वर्ष अघिसम्म अपराध गर्न, अपराधी लुक्न सुरक्षित मानिँदै आएको भक्तपुर जिल्लामा गत वर्षको तुलनामा यस वर्ष अपराधका घटनामा कमी आएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरले गत आर्थिक वर्ष २०७५/०७६ र चालु आव २०७६/०७७ को साउनदेखि माघसम्म जिल्लामा घटेका अपराधका घटनाको तथ्याङ्क सार्वजनिक गर्दै अपराधका घटनामा कमी आएको जानकारी दिएको हो ।

प्रहरीले सार्वजनिक तथ्याङ्कका बारेमा जानकारी दिँदै महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता दीपक गिरीले जिल्लामा कर्तव्य ज्यान, सवारी ज्यान, चोरीडाँंका, लुटपाट, अपहरण, लागुऔषध, जबर्जस्ती करणीलगायतका आपराधिक घटनामा कमी आएको जानकारी दिनुभयो ।

आव २०७५/०७६ मा अपराध सम्बन्धी ६७९ वटा मुद्दा दर्ता भएकोमा चालु आव २०७६/०७७ को माघसम्ममा ४५९ मात्रै मुद्दा दर्ता भएका छन् । उहाँले गत वर्षको साउनदेखि माघसम्ममा हत्याका पाँंच वटा घटना भएकामा यस वर्षको यो अवधिमा एउटा मात्रै हत्याको घटना घटेको जानकारी दिनुभयो ।

त्यस्तै गत वर्ष सवारी दुर्घटनामा ३७ जनाको ज्यान गएकामा चालु आवको सोही महिनासम्ममा दुर्घटनामा १७ जनाको ज्यान गएको र यसमा पनि कमी आएको उहाँको भनाइ छ । अपहरणतर्फ भने गत वर्ष एकवटा अपहरणका घटना घटेकोमा यस वर्षको माघसम्म पनि एक वटा घटना घटेको छ । गत आवमा जबर्जस्ती करणीका ३४ घटना घटेकोमा चालु आवको माघसम्म २१ घटना घटेको जानकारी दिँदै यो सङ्ख्यालाई बढ्न नदिने गरी प्रहरी परिचालन भएको प्रवक्ता गिरीले जानकारी दिनुभयो ।

प्रहरीले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आवमा ३६ लागुऔषधका घटना घटेकोमा चालु आवको माघसम्ममा १० वटा घटना भएको छ । तथ्याङ्कले गत आवको माघसम्म ९९ चोरी डकैती एवं लुटपाटका घटना भएकोमा चालु आवको यही महिनासम्ममा ५५ मात्रै यस्ता घटना भएको देखाएको छ । बैंकिङ कसुरतर्फ भने गत आवको तुलनामा यो आवको माघसम्म बढेको पाईएको छ । गत आवको माघ महिनासम्ममा ७६ वटा बैंकिङ कसुरका घटना भएकोमा चालु आवको माघसम्म त्यो सङ्ख्या बढेर ८२ मा पुगेको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले जिल्लाको शान्ति सुरक्षालाई चुस्तदुरुस्त पारेकाले घटना कमी भएको दाबी गर्नुभयो । उहाँले जिल्लाको सुरक्षा व्यवस्था मजबुत पारिएको, प्रहरी परिचालनलाई व्यवस्थित गरिएको, हरेक क्षेत्रमा निगरानी बढाएको, प्रहरीलाई अपराध न्यूनीकरणसम्बन्धी विभिन्न तालीम प्रदान गरिएका कारण आपराधिक घटनामा कमी आएको बताउनुभयो ।