२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाँजाखेतीलाई वैधता दिन पूर्वमन्त्री तामाङले दर्ता गरे ‘प्राइभेट बिल’



अ+ अ-

काठमाडौं । गाँजा खेतिलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक संसद सचिवालयमा दर्ता भएको छ ।

पूर्व कानून न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले मस्यौदा गर्नुभएको नीजि विधेयक सोमबार सचिवालयमा दर्ता भएको हो । सांसदहरुको विशेषअधिकार प्रयोग गर्दै ल्याइएको विधेयकमा राज्यले तोकेको निश्चित ठाउँमा अनुमति लिएर किसानहरुले खेति गर्न पाउने उल्लेख छ । तामाङले गाँजाको क्षेत्र व्यापक रहेको र औषधिय गुण भएकाले किसानहरुको संगै समग्र मुलुकको आर्थिक विकासमा सहयोग पुग्ने बताउनुभयो । गाँजामाथि लागेको प्रतिवन्ध फुकुवा भएमा युवाहरु विदेशीनुपर्ने बाध्यताको अन्त्य हुने र स्वदेशमै रोजगारीका अवशरहरु सिर्जना हुने उहाँले बताउनुभयो ।

विश्व स्वास्थ्य संगठनले पनि गाँजामा औषधिय गुण हुने भनिसकेको अवस्थामा नेपालपनि यसमाथि लागेको प्रतिवन्ध फुकुवा हुनुपर्ने उहाँले बताउनुभयो । अमेरिका क्यानडा लगायत विश्वका ४० मुलुकहरुले गाँजामाथिको प्रतिवन्ध फुकुवा गरेको छ । कानूनमा उत्पादनका सीमा, प्रयोगका सर्तहरु उल्लेख भएकाले जथाभावी नहुने उहाँले बताउनुभयो । गाँजा उत्पादनको क्षेत्र विद्यालय भवन र बालकेन्द्रभन्दा १ किलोमिटरको दुरीमा हुनुपर्ने विधेयकमा उल्लेख गरिएको छ । सांसद तामाङले नेपालीहरुले चिकित्सकको सिफरिसबिना प्रयोग गर्न नपाउने बताउनुभयो ।