५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा

मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश

मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश
अ+ अ-

जनकपुरधाम । मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि कांग्रेस सांसद कृष्णप्रसाद यादवले ७७ जना प्रदेशसभा सदस्यको समर्थनसहित मुख्यमन्त्री हुने दाबी पेस गरेका छन्।

शुक्रबार प्रदेश प्रमुखको कार्यालयमा सात दलका नेतासहित यादवले बहुमत सदस्यहरूको हस्ताक्षरयुक्त दाबीपत्र बुझाएका हुन्।

१०७ सदस्यीय मधेश प्रदेशसभामा ३ जना सांसद निलम्बनमा रहेकाले अहिले कार्यरत सदस्य संख्या १०४ रहेको छ। त्यसअनुसार सरकार गठनका लागि आवश्यक बहुमत ५३ मत रहेको छ। यादवको दाबीमा बहुमतभन्दा धेरै अर्थात् ७७ सांसदको समर्थन रहेको छ।

गत बुधबार तत्कालीन मुख्यमन्त्री सरोजकुमार यादवले राजीनामा दिएपछि प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए। सोही अनुरूप गठित सात दलीय गठबन्धन— जसमा जसपा, जनमत, लोसपा, माओवादी केन्द्र, नेकपा (एस), नागरिक उन्मुक्ति तथा कांग्रेस समावेश छन्—ले कांग्रेसका यादवलाई मुख्यमन्त्री बनाउने सहमति गरेको हो।

मुख्यमन्त्रीमा नियुक्ति भएलगत्तै गठबन्धनले एक साताभित्र प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेको छ।