२७ भाद्र २०८३, शनिबार
,
Latest
अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने भारतद्वारा नेपाललाई पुल सहयोग ‘मधेसलाई अधिकार सम्पन्न बनाउन सडक संघर्ष आवश्यक छ’–उपेन्द्र यादव धोबीखोलामा जलसतह बढ्दो, सतर्क रहन आग्रह अमेरिकी नागरिकसहित बाढीपीडितको पहिचानका लागि नेपाल प्रहरीलाई अमेरिकाले १० लाख डलर सहयोग गर्ने ‘अधिकारका लागि निर्णायक आन्दोलन गर्न तयार हुनुपर्छ’–सिके राउत
तपाईं के खोज्दै हुनुहुन्छ ?

६ प्रतिशतले ओरालो लागेपछि शेयर कारोवार बन्द



अ+ अ-

काठमाडौं । नेपाल स्टक एक्सचेन्जले आजका लागि शेयर कारोवार स्थगित गरेको छ । कारोवार मापक नेप्से परिसूचक ६ प्रतिशतले ओरालो लागेपछि आजको कारोवार बन्द गरिएको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिनुभयो ।

नेप्सेका अनुसार आज दिउँसो १ बजेर २९ मिनेटदेखि कारोवार स्थगित गरिएको हो । बिहान ११ बजे खुलेको बजार निरन्तर ओरालो लाग्दै १ बजेर २९ मिनेटसम्म पुग्दा नेप्से ९६.०६ विन्दुले ओरालो लाग्यो । उक्त गिरावट प्रतिशतका आधारमा ६.०६ हो । यस्तै सेन्सेटिभ परिसूचकसमेत १९.२० ले ओरालो लागेर ३२१.४३ मा पुगेको छ । सेन्सेटिभ परिसूचकसमेत ५.६४ प्रतिशतले ओरालो लागेको छ । कूल १७३ कम्पनीको ४९ लाख ८६ हजार ५४४ कित्ता शेयर रु दुई अर्ब १५ करोड ४४ लाख २८ हजार २१५ कित्ता शेयर कारोवार भएको थियो ।

नेप्सेका अनुसार ‘सर्किट ब्रेक’ लाग्ने समयसम्म नेपाल लाइफ इन्सुुरेन्स कम्पनीको रु १५ करोड ६८ लाख ११ हजार २५६ बराबरको शेयर कारोवार भएको थियो । यस्तै एनआइसी एशिया बैंकको रु १४ करोड ६१ लाख ५२ हजार १५० र एनएमबी बैंकको रु आठ करोड ९५ लाख २३ हजार ६२० बराबरको शेयर कारोवार भएको थियो ।

आज बन्द भएको बजार मङ्गलबार भने सोही विन्दुबाट शुरु हुनेछ । नेप्सेका अनुसार कारोवार भएका सबै उपसमूहको सूचक घटेको छ । सामूहिक लगानी कोषको सबैभन्दा कम १.७४ प्रतिशतदेखि निर्जीवन बीमाको सूचक सबैभन्दा धेरै ७.४६ प्रतिशतले घटेको छ ।

नेप्सेका अनुसार आज प्रभु इन्सुरेन्स, प्रुडेन्सियल इन्सुरेन्स, गरिमा विकास बैंक, आरएसडिसी लघुवित्त, ग्रामीण विकास लघुवित्त, शिखर इन्सुरेन्स, सूर्या लाइफ इन्सुरेन्स, स्ट्यान्डर्ड चार्टर्ड बैंक, नेशनल माइक्रोफाइनान्स, नबिल बैंक, एभरेष्ट इन्सुरेन्स, सिद्धार्थ इन्सुरेन्स, फरवार्ड कम्युनिटी लघुवित्त, माछापुच्छे बैंक र एभरेष्ट बैंकको शेयर मूल्य नौ प्रतिशत बढीले ओरालो लागेको छ ।