२७ भाद्र २०८३, शनिबार
,
Latest
अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने भारतद्वारा नेपाललाई पुल सहयोग ‘मधेसलाई अधिकार सम्पन्न बनाउन सडक संघर्ष आवश्यक छ’–उपेन्द्र यादव धोबीखोलामा जलसतह बढ्दो, सतर्क रहन आग्रह अमेरिकी नागरिकसहित बाढीपीडितको पहिचानका लागि नेपाल प्रहरीलाई अमेरिकाले १० लाख डलर सहयोग गर्ने ‘अधिकारका लागि निर्णायक आन्दोलन गर्न तयार हुनुपर्छ’–सिके राउत
तपाईं के खोज्दै हुनुहुन्छ ?

पैसा कमाउन बहराइन जान लागेका नेपाली दुबईवाट फिर्ता पठाइयो



अ+ अ-

काठमाण्डौ । रोजगारीको शिलसिलामा बहराइन जान लागेका नेपाली दुबईबाट फर्किएका छन् । यूएई सरकारले नेपाल कोरोनाको उच्च जोखिममा रहेको देश भन्दै ३० जना नेपालीलाई दुबईबाट फिर्ता पठाइदिएको हो ।

परराष्ट्र मन्त्री ज्ञवालीका अनुसार नेपालको बहराइनसँग सिधा उडान नभएकाले दुबई हुँदै जान लागेका नेपालीहरुलाई फिर्ता पठाएको हो। उनीहरु नेपाल आइसकेको हुनसक्ने पनि उहाँले बताउनुभयो ।

यसैबीच सरकारले अनावश्यक काममा विदेश नजान नेपालीलाई आग्रह गरेको छ । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकाले अत्यावश्यक काम भएका बाहेकलाई विदेश नजान आग्रह गरिएको परराष्ट्र मन्त्री ज्ञवालीले जानकारी दिनुभयो ।

उहाँले चीन, जापान, दक्षिण कोरिया, इरान लगायत कोरोना प्रभावित देशमा ट्राभल एडभाइजरी नै जारी गरिएको र अरु देशमा जाने नागरिकलाई पनि सकेसम्म नजान आग्रह गरिएको जानकारी दिनुभयो । यसअघि सरकारले देशभित्र पनि भोजभतेर तथा सभा, सम्मेलन नगर्न पनि अनुरोध गरेको छ ।