२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्वारेन्टाइनबाट खुशी साथ घर फिर्ता भए उद्धार गरिएका नेपाली



अ+ अ-

काठमाडौँ । चीनको वुहानबाट उद्धार गरी भक्तपुरस्थित क्वारेन्टाइनमा राखिएका नेपालीले सवैलाई धन्यवाद ज्ञापन गर्दै घर फिर्ता भएका छन् । सोमबार वुहानबाट उद्धार गरेका १५७ जना घर फिर्ता भएका हुन्।

उद्धार गरिएका नेपालीहरु घर फिर्ता हुन अघि आयोजित औपचारिक समारोहमा क्वारेन्टाइनमा बसेकाहरूले राम्रो व्यबस्थापनका लागि सरकार तथा सेनालाई विशेष धन्यवाद दिएका थिए । भक्तपुरको मौसम केही धुम्मिएर हल्का वर्षा भए पनि घर फर्कन पाउँदा सबैको मुहार उज्यालो भएको थियो ।

नेपालीहरूको उद्दारका लागि गएका पाइलट लगायतका १८ जनामा पनि
कोरोना भाइरस संक्रम नदेखिए पछि आइतबार नै घर फिर्ता गरिएको थियो ।

खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएका १ सय ७५ जना मध्ये कसैलाई पनि कोरोनाको संक्रमण नभएको स्वास्थ्य परीक्षणबाट पुष्टि भए पछि घर फिर्ता गरिएको हो ।

औपचारिक विदाइ भए पनि आजै घर जान नसक्ने र उपत्यका बाहिरकालाई भने क्वारेन्टाइमा नै बस्ने ब्यबस्था मिलाइएको बताइएको छ ।