१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको ११ औ राष्ट्रिय महाधिवेशन: शेरबहादुरले उपमहासचिवमा उम्मेदवारी दिने



अ+ अ-

काठमाडौं । नेकपा एमालेको ११ औ राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा नेताहरूले विभिन्न पदमा आफ्नो दाबी प्रस्तुत गर्न लाग्नु भएको छ ।

सोही क्रममा पार्टी स्थायी कमिटी सदस्य सिन्धुपाल्चोकका नेता शेरबहादुर तामाङले उपमहासचिव पदमा आफ्नो दाबी प्रस्तुत गर्नुभएको छ । पार्टी अध्यक्षमा केपी शर्मा ओलीलाई समर्थन गर्दै उपमहासचिव पदमा आफ्ना सशक्त दाबी रहेको उहाँले बताउनुभएको छ ।

तामाङले लेख्नु भएको छ–‘एमालेको ११ औँ महाधिवेशनमा केपी ओलीलाई समर्थन गर्दै उपमहासचिवमा मेरो सशक्त दाबेदारी रहन्छ, हजुरहरूको सहयोग तथा सुझावको हार्दिक अपिल गर्दछु, हाम्रो सोलिडारिटी सधैँ रहने छ ।’

एमालेको ११ औ महाधिवेशन मंसिर २७ बाट २९ गतेसम्म काठमाडौंमा हुँदै छ । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दै छ ।