१२ भाद्र २०८३, शुक्रबार
,
Latest
रसुवा बाढी प्रभावितका लागि अष्ट्रेलियाको ५० लाख डलर सहायता, तीन सदस्यीय टोली नेपाल आउँदै बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह पृथ्वीराजमार्गसहित देशका विभिन्न ठाउँका सडक अवरुद्ध रसुवाको हाइड्रो सुरुङमा फसेका दुई जनाको सेनाद्वारा सकुशल उद्धार भोटेकोसी बाढी प्रभावित क्षेत्रमा व्यक्तिगत रूपमा राहत लिएर नजान प्रधानमन्त्री सचिवालयको अपिल भोटेकोशी बाढीका घाइते ५९ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भोटेकोशी बाढीः खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, एक हजार ९७६ जनाको उद्धार मधेसमा आज ‘राखी’ पर्व, बाढीको पीडाबीच मनाइँदै दाजुभाइ–दिदीबहिनीको प्रेमको पर्व यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भोटेकोसी बाढी अपडेट: ४६९ जनाको शव फेला, ९७७ जना अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभापतिमा उम्मेद्वारी दिने सिटौलाको घोषणा



अ+ अ-

भद्रपुर । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले १४ औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । एक वर्षपछि हुने महाधिवेशनका लागि सिटौलाले गृह नगर झापाबाट सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । सोमबार झापाको भद्रपुरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै कांग्रेस नेता सिटौलाले आफूले सभापतिमा उम्मेद्वारी दिने निर्णय गरेको बताए । पार्टीको आमूल परिवर्तनका लागि आफ्नो उम्मेद्वारी आवश्यक रहेको उनको भनाइ छ ।

‘मुलुकको शान्ति प्रक्रियादेखि संविधान निर्माणसम्म पार्टीको तर्फबाट आफ्नो भूमिका उल्लेखनीय रहेको छ, त्यसैले आगामी महाधिवेशनमा उम्मेदवारी दिने सोच बनाएको छु’, सिटौलाले भने । वर्तमान परिस्थितिमा पार्टी सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेलबिचको भागबन्डा र गुटबन्दी आवश्यक नरहेको बताउँदै पार्टीको एकताका लागि सबै एकजुट भएर अघि बढ्नु पर्ने धारणा राखे ।

सरकारले गरेको गलत क्रियाकलापको भण्डाफोर गर्नुपर्ने समयमा पार्टीभित्रको गुटबन्दी र आन्तरिक झै झगडामै अलमली रहेको आरोप लगाए । ‘पार्टीका भ्रातृ संस्था तरुण दल र नेविसंघको अधिवेशन पार्टीको महाधिवेशन अगावै गर्न नसकिए पनि प्रेस युनियनको अधिवेशन जुनसुकै परिस्थितिमा गर्नुपर्ने धारणा राखे । सौर्य दैनिक