काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट राजीनामा दिएका छन् ।
बुधबार विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठकमा मुख्यमन्त्री यादवले राजीनामाको घोषणा गरेका हुन् ।
सोमबार सर्वोच्च अदालतले मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको थियो । उक्त आदेश अनुसार आज प्रदेशसभा बैठक बोलाइएको थियो । विश्वासको मत नपाउने देखेपछि उनले बैठकलाई सम्बोधन गर्दै राजीनामाको घोषणा गरेका हुन् ।
यादव कात्तिक २३ गते संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।










