२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

अल्पविकसित देशहरूको विकासका लागि अन्तरराष्ट्रिय सहयोग अपरिहार्य छ : नेपाल

अल्पविकसित देशहरूको विकासका लागि अन्तरराष्ट्रिय सहयोग अपरिहार्य छ : नेपाल
अ अ+ अ-

काठमाडौँ । अल्पविकसित देशहरूको विकासका लागि अन्तरराष्ट्रिय समुदायबाट निन्तर सहयोग हुनुपर्नेमा नेपालले जोड दिएको छ ।

अल्पविकसित राष्ट्रहरूको वैश्विक समन्वय ब्यूरोको अध्यक्ष नेपालका तर्फबाट परराष्ट्रसचिव अमृतबहादुर राईले मङ्गलबार दोहामा आयोजित अल्पविकसित देशहरूको दिगो विकास एवं साझेदारीसम्बन्धी उच्चस्तरीय बैठकमा उक्त कुरामा जोड दिनुभएको हो ।

दोहास्थित नेपाली राजदूतावासका अनुसार सचिव राईले अल्पविकसित देशहरूको आर्थिक उन्ननयनका निम्ति अन्तरराष्ट्रिय बजारसम्म पहुँच विस्तार, संरचनात्मक अवरोधहरूको अन्त्य तथा अन्तरराष्ट्रिय समुदायबाट अधिकभन्दा अधिक स्रोत साधनको उपलब्धता निश्चित हुनुपर्नेमा जोड दिनुभयो ।

कृषि, जलविद्युत्, पर्यटन, निर्माण, सूचना तथा सञ्चार प्रविधि र मानव संशाधनका क्षेत्र नेपालको आर्थिक रुपान्तरणका अपार सम्भावना भएका क्षेत्र हुन् भन्दै सचिव राईले तिनमा लगानी गर्न अन्तरराष्ट्रिय समुदाय र नेपालको विकासका साझेदारहरूका साथै संयुक्त राष्ट्रसङ्घ एवं यसका विशिष्टिकृत संस्थाहरूसँग सहकार्य गर्न नेपाल सरकारले चाहेको बताउनुभयो । रासस