१२ भाद्र २०८३, शुक्रबार
,
Latest
रसुवा बाढी प्रभावितका लागि अष्ट्रेलियाको ५० लाख डलर सहायता, तीन सदस्यीय टोली नेपाल आउँदै बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह पृथ्वीराजमार्गसहित देशका विभिन्न ठाउँका सडक अवरुद्ध रसुवाको हाइड्रो सुरुङमा फसेका दुई जनाको सेनाद्वारा सकुशल उद्धार भोटेकोसी बाढी प्रभावित क्षेत्रमा व्यक्तिगत रूपमा राहत लिएर नजान प्रधानमन्त्री सचिवालयको अपिल भोटेकोशी बाढीका घाइते ५९ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भोटेकोशी बाढीः खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, एक हजार ९७६ जनाको उद्धार मधेसमा आज ‘राखी’ पर्व, बाढीको पीडाबीच मनाइँदै दाजुभाइ–दिदीबहिनीको प्रेमको पर्व यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भोटेकोसी बाढी अपडेट: ४६९ जनाको शव फेला, ९७७ जना अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

हरेक वर्ष किताबकै पिरलो पुस्तकबिनै पढाइ सुरु



अ+ अ-

कालिकोट । हरेक वर्ष पुस्तक नपाएरै परीक्षा दिनुपर्ने कालिकोटका विद्यार्थीको समस्या यस वर्षमा पनि उस्तै हुने भएको छ । कालिकोटकोे नयाँ शैक्षिक सत्र सुरु भई विद्यालय खुलेको महिना दिन बित्न लाग्दासमेत विद्यालय जाने बालबालिकाको हातमा किताब नपुग्दा यस वर्ष पनि कालिकोटका विद्यार्थीको समस्या अघिल्ला वर्षझैं बनेको हो । जिल्लाका हिमाली क्षेत्रमा पर्ने तिलागुफा नगरपालिका र महावैका केही विद्यालयमा पुस्तक नपुग्दै पढाई सुरु भएको छ । विगतका वर्षझैं यस वर्ष पनि किताब नपुगेरै परीक्षा दिनुपर्ने बाध्यता कायमै रहने भएको छ । तिलागुफाबाहेक अरू स्थानीय तहका विद्यालयमा अहिले वार्षिक परीक्षा चलिरहेको छ ।

तिलागुफा र महावैका ३१ वटा विद्यालयमध्येमा अझै १० वटा विद्यालयमा किताब नपुग्दै पढाइ सुरु भएको हो । हिमाली क्षेत्रका विद्यालयमा शैक्षिक सत्र सुरु भएको महिना दिन पुगिसक्दा पनि विद्यालयमा पुस्तक आउने कुनै छाँटकाँट नरहेको सत्यदेवी माविका प्रधानाध्यापक नमराज शर्माले बताए । उनले भने, ‘पुस्तकका भरमा विद्यालय बन्द गरौं भने कोर्स नसकिने भएकाले पुराना पुस्तक दिएर पढाइ सुरु गरेका छौं, पुराना पुस्तक पनि सबै विद्यार्थीको हातमा छैनन्, पाँच विद्यार्थीबराबर एक सेट पुरानो पुस्तक दिएर पढाइ सुरु गरेका छौं ।’ किताबको जिम्मा पाएका जिल्लाका निजी पुस्तक पसलले अहिलेसम्म किताब ल्याउन सकिरहेका छैनन् ।

पुराना केही सेट पुस्तक पुगेका छन् भने बाँकी पुस्तक नै नछापेका कारण विद्यालयमा पुर्याउन नसकेको नगरपालिका शिक्षा संयोजक लीलाराज बमले बताए । यस्तै, जिल्लाभरि पुस्तक ल्याउने जिम्मा पाएको हाम्रो स्टेसनरी सेन्टरले पनि जनक शिक्षा सामग्री केन्द्रले, अहिलेसम्म किताब नछापेका कारण आफूहरूले समयमै किताब ल्याउन नसकेको पसलका सञ्चालक राजकुमार शाहीले बताए । सामग्री केन्द्रले पुराना किताब लैजाउ मात्र भनेको छ, कक्षा ७ र २ कक्षाको कोर्स परिवर्तन गरेका कारण अहिलेसम्म किताब खरिदको कुनै सुरसार नरहेको उनले बताए ।

यही कारणले जहिले पनि दुर्गमका विद्याथ्र्री कमजोर हुने गरेको उनको भनाइ थियो । किताब नपाएरै परीक्षा दिनुपर्ने बाध्यताबाट यस वर्ष पनि मुक्ति नमिल्ने देखिन्छ । पाठ्यपुस्तक सन्दर्भ सामग्री हो तर बालबालिकाको क्षमतानुसार सन्दर्भ सामग्री नभई अध्ययन गराउन शिक्षकलाई समस्या हुने प्रधानाध्यापक शर्माको दाबी छ । च्यातिएका पुराना किताब बाँड्दा पनि बालबालिकाको हातमा एक विषयको किताब मात्र पुग्ने गरेको छ । शिक्षामा स्थानीय सरकारको चासो नै नभएको अन्य शिक्षकको पनि गुनासो छ । स्थानीय एजेन्टले पाठ्यपुस्तक खरिद गरी ढुवानीमा ढिलाइ गरेपछि तत्काल विद्यालयमा पाठ्यपुस्तक पुर्याउन निर्देशन दिएको नगरपालिका प्रमुख रतनबहादुर शाहीले जानकारी दिए ।

केही विद्यालयमा त पाठ्यपुस्तक पुगिसकेका छन् । केहीमा मात्र पुग्न बाँकी छन् यस विषयमा आफू गम्भीर भएको उनले बताए । तिलागुफा र महावैका केही विद्यालयका २० प्रतिशत बालबालिका पाठ्यपुस्तकबाट बञ्चित रहेका छन् । शिक्षा विकास तथा समन्वय इकाइले खरिद तथा ढुवानी गर्न नपाउने भएपछि स्थानीय सरकारले खरिद गर्दा बालबालिका नयाँ पाठ्यपुस्तक पाउनबाट बञ्चित भएका हुन् ।

स्थानीय सरकार आए पनि समयमै दुर्गमका विद्यालयमा किताब पुगेनन् । स्थानीय सरकार देखिने विकासको होडबाजीमा मात्र चासो देखाउने गरेको नागरिक समाज कालिकोटका अध्यक्ष कालिबहादुर मल्लले बताए । उनका अनुसार कालिकोटका स्थानीय तह अहिलेसम्म पनि कर्मचारी र जनप्रतिनिधि कार्यालयमा आइपुगेका छैनन् । विगतका वर्षमा यस क्षेत्रका विद्यार्थीले किताब हातमा नआएरै वार्षिक परीक्षा दिनुपरेको थियो । यस वर्ष पनि किताब नपुगेरै परीक्षा दिनुपर्ने लगभग निश्चितजस्तै छ । राजधानी दैनिक