४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट

सुब्बाको यात्रा: कलाकार, समाजसेवी र उद्यमीसम्म

सुब्बाको यात्रा: कलाकार, समाजसेवी र उद्यमीसम्म
अ+ अ-

“चुलो बल्ने, जीवन चल्ने रोजगारी पाए, 
काम सानो ठूलो हुन्न भन्ने युवा भए
सकिन्छ, समृद्ध नेपाल बनाउहाँ
सकिन्छ सुखी नेपाली बनाउहाँ…”

गायिका भूमिका लिम्बु सुब्बाले यो गीत त्यतिबेला लेख्नुभएको थियो, जतिबेला युवाहरुको ठूलो जमात रोजगारका लागि विदेसिने क्रम बढ्दै थियो । त्यही युवामा आएको उदासीन अवस्था, गाउँपाखा रित्तिदै गएको दृश्य र रोजगारीका लागि भौंतारिएका युवाहरुको मुहार देखेर उहाँको कलमले यो गीत रच्यो । प्रेरणा, उत्साह र स्वदेशमै केही गर्न सकिन्छ भन्ने आत्मविश्वास जगाउने हेतुले सुब्बाले कलम चलाउनुुभयो । “कलाकारले गर्ने यही हो, रचनाबाटै रुपान्तरण ल्याउन जोड दिनुपर्छ”, उहाँ भन्नुहुन्छ,“मैले लेखेजस्तै, सायद युवाहरुले स्वदेशमै सम्भावना खोज्ने भए, मुलुक समृद्धितिर जान बेरै लाग्दैन नि ।” कलाकारको हातमा सबै हुँदैन तर परिवर्तनका लागि एउटा रचनात्मक भूमिका भने खेल्न सक्छ । त्यस्तो रुपान्तरण जहाँ समाजको विचार, परिस्थिति, संस्कृति परिवर्तन गर्न मद्दत गर्छ ।

सुब्बाले समाज परिवर्तनका लागि कलामार्फत भूमिका निर्वाह गर्दै आएको सानैदेखि हो । कलामा उहाँको निरन्तर लगाव रहेको छ । जहिलेदेखि उहाँलाई कलाप्रति रुचि र जाँगर चल्न थाल्यो, त्यतिबेलादेखि नै सुब्बा गीत गुनगुनाउन थाल्नुभएको हो । उहाँको गायन तथा लेखन कलामा समाजको चिन्तन छ । यसो त सुब्बाको बाल्यकालको रुची नाच्ने, गाउने हो ।

झापामा जन्मिनुभएकी उहाँको ११ वर्षको कलिलो बालपनमै अङ्कुराएको कलाप्रतिको रुचि विस्तारै समयसँगै उचाईमा पुग्न थाल्यो । हालसम्म एक दर्जनभन्दा बढी गीत रचना रचेकी स्रष्टा सुब्बालाई कला क्षेत्रमा फाइदा लिनुभन्दा पनि यस क्षेत्रमा केही योगदान दिनुमा जोड छ । बाल्यकालमा कलाकार दाजुको औँला समाउँदै गाउँमा हुने सांस्कृतिक कार्यक्रममा नाच्न जाँदाका क्षण अहिले उहाँलाई सपना जस्तै लाग्छ । “त्यो बालापन अब कहाँ फर्किनु ?” उहाँ भन्नुहुन्छ, “दाजु नभएको भए, उ बेला छोरीलाई नाच्न सजिलो थिएन, दाजुकै औँला समाएर कलाकारितामा लागेँ ।”

नाच्ने  र गाउने प्रतिभामा पोख्त हुनुभएकी सुब्बा भने अहिले गीत सिर्जनामा बढी प्राथमिकता दिन थाल्नु भएको छ । यो उहाँको रहर नभई बाध्यता हो । घाँटीमा आएको समस्याले गर्दा गाउन कठिन भयो उहाँलाई । नाच्न पनि समय सँगै हराउँदै गयो । तर, लेखन कलालाई मन र इच्छा रहेसम्म केहिले छेक्दो रहेनछ । सुब्बाले मनमा आएका भाव, समाजमा देखेका घटना, भोगेका अनुभूतिहरुलाई गीत रचनामार्फत अभिव्यक्त गर्न सिपालु हुनुहुन्छ । उहाँले समाजमा देखेका र सुनेका अनेक घटनालाई आधार बनाएर जनजागरण जगाउने गीत रच्न रुचाउनुहुन्छ । उहाँले रचेका हरेक गीतमा कुनै न कुनै कथा र भाव समेटिएको हुन्छ ।

उहाँले रचेको “देश जल्दा… गीतकै कथा निकै मर्मस्पर्धी छ । त्यसबेला तराई राजनीतिको द्वन्द्वमा जलिहरेको थियो । चाहे त्यो तराई होस्, पहाड होस् या हिमाल । नेपाल नै जलेको हो भन्ने उहाँलाई भान भयो । त्यो द्वन्द्वको रापसँगै सुब्बाको मन पनि जलिरह्यो । जसरी जेन्जी आन्दोलनमा देश जलिरहँदा रातभरि कोही नेपाली निदाउन सकेनन् । त्यसैगरी तराईमा घटेको राजनीतिक आगोको रापमा सुब्बाले पीडा बोध गरी “देश जल्दा हाम्रो पनि मुटु जल्नुपर्छ…” गीत जन्माउनु भएको हो । “हामी कलाकारका लागि गीत रच्नु भनेको सन्तान जन्माए जस्तै अमूल्य हुन्छ”, उहाँले भन्नुभयो,“मैले यो गीत लेख्दा शब्दसँगै आँशु पनि बगाएको थिएँ, चुपचाप मौन रोएकी थिएँ ।”

“अर्को गीत बन चरी…”, मा सुब्बाको माइती सम्झना छ । गायिका एलिना चौहानले गाउनु भएको उक्त गीत निकै लोकप्रिय छ । यो गीत लेख्दा सुब्बा माइतीदेखि घर जाँदै गर्दा भावुक भएको चेली बेदनालाई गीत बनाउनु भएको बताउनुभयो । “आमाबुबा र माइतीको सम्झनाले चेलीलाई सधैँ भावुक बनाउँछ । मैले माइतीबाट घर फर्किने बेला गाडीमा बस्दै मनभरि यस्तै भावना खेलाउदै फर्किएकी थिएँ”, उहाँले भन्नुभयो,“अन्तिममा गीत नै बनाएँ ।” उहाँका हालसम्मका एल्बमहरु “हाम्रो स्वरहरु”, “खै झुप्राहरुमा”,  “भेडेटार”, “नरोए आमा”, “लिम्बु गीत सेवारो”, “धर्तीलाई माया गर्नेहरु”, “कोटीकोटी प्रणाम मेरो हिमाललाई”, “मेरै त हो महाकाली मेरो कालापानी” लगायत दर्जनौं रचना एवं एल्बमहरु रेकर्ड भएका छन् ।

धेरै कलाकारका लागि चर्चा कमाउने, लोकप्रिय बन्ने र आयआर्जनमा वृद्धि गर्ने मोह हुन्छ । तर, सुब्बाको हकमा यो खासै महत्वमा छैन । उहाँका लागि कलाकारिता व्यक्तिमुखी हुनुभन्दा पनि समाज रुपान्तरण केन्द्रीत हुनुपर्ने प्रष्ट धारणा छ । त्यसैले आफूले सिर्जना जुनसुकै रचनाले समाजमा, युवा वर्गमा केही न कही जागरण ल्याउनुपर्ने मान्यता राख्नुहुन्छ । र यही मान्यताका आधारमा उहाँले निरन्तर रचना कोरिरहनुभएको हो । उहाँले दुई गीत छिटै सार्वजनिक गर्ने तयारीमा हुनुहुन्छ । उहाँका अनुसार समाजमा व्याप्त महिलामाथि भइरहेको शारिरक र मानसिक हिंसाविरुद्धका गीत बन्दैछ । “महिला हिंसा जहाँ त्यहीँ छ, गाउँ घरदेखि शहरसम्मै”, उहाँ भन्नुहुन्छ,“हिंसा हुनु भनेको चेतनाकै अभावका कारण त हो । मेरो गीत सुनेर केही परिवर्तन ल्याउन सक्छ कि भन्ने प्रयासमा रचेकी हुँ । छिट्टै दर्शकमा ल्याउँदैछु ।”

सुब्बाले २०५४ सालमा रेडियो नेपालको राष्ट्रिय गीत प्रतियोगिता पुरस्कार एवं सम्मान प्राप्त गर्नुभएको थियो । देश तथा विदेशमा साङ्गीतिक कार्यक्रमको अनुभव बटुल्नु भएको उहाँले नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सभा सदस्य समेत रहनुभयो । त्यस्तै, चलचित्र जाँचपास समितिको पूर्व सदस्य रहनुभएकी उहाँसँग नेपाल टेलिभिजनमा कार्यक्रम सञ्चालन गर्नुका साथै नेपाल एफएममा समेत ‘आर–जे’ बनेको अनुभव छ । यद्यपि, सुब्बाको गहिरो र दिर्घकालीन रुची भने गीत सङ्गीतमा छ । उहाँ भन्नुहुन्छ,“गीत लेख्दा हुलका महशुस गर्छ ।” गीत सङ्गीतमा योगदान दिएवापत उहाँलाई गौरवशाली नारी सम्मान, बेस्ट म्युजिक स्टुडेन्ट, मधुरिमा सम्मान, तीज विशेष नारी सम्मान, वेस्ट जुरी अवार्डलगायत थुप्रै उपाधिले सम्मान गरिएको छ ।

सुब्बाले गीत लेखेर एकातिर समाजलाई जागृत बनाउन रचनात्मक अभियानमा हुनुहुन्छ भने अर्कोतिर समाजसेवा गरेर दीनदुःखीको घाउमा मल्हम लगाउने भूमिका पनि सँगसँगै निबार्ह गर्दै आउनु भएको छ । समूह पाँचथर संस्थाको अध्यक्ष रहनुभएकी उहाँले संस्थामार्फत आफ्नो क्षेत्रका गरिब, जेहेन्दार र असाहय बालबालिकाको शिक्षा, स्वास्थ्य र हेरचारमा सहयोगी बन्नुभएको छ । “गाउँघरका केटाकेटीहरु कापी कलम नभएर स्कुल जान पाएका छैनन्, नाङ्गैभोकै छन्”, उहाँ भन्नुहुन्छ,“त्यो देख्दा हामीले गरेको सानो सहयोगले कसैको जीवनमा ठूलो परिवर्तन आउँछ भन्ने लाग्छ । त्यसैले समाजसेवा पनि गर्दै आएकी छु ।”

समाज सेवा गर्न आफैँ सक्षम हुनुपर्छ । यो कुरा सुब्बालाई राम्रो सँग थाहा छ । उहाँले संस्थामार्फत सामूहिक सहयोगको अपिल गर्दै आर्थिक सङ्कलन गरेर बेलाबखत प्रकोपमा परेका पीडित समुदायलाई राहत वितरण गर्ने जिम्मेवारी पनि पूरा गर्नु भएको छ । त्यस्तै, कोभिडको बेलामा खाद्यान्न राहत वितरणमा समेत उहाँको संस्थाले अहम् भूमिका खेलेको बताउनुहुन्छ । “दातृ निकायबाट चलाउने भनेको क्षणिक हुन्छ,” उहाँले भन्नुभयो,“हामी संस्थाकै साथीहरु मिलेर आर्थिक सङ्कलन गरि समाजसेवा गर्दै आएका छौँ ।”

त्यस्तै, कलाकार, समाजसेवीदेखि सुब्बाको अर्को भूमिका पनि छ । त्यो हो, व्यवसाय । उहाँ सक्षम र अब्बल महिला व्यवसायी हुनुहुन्छ । “पूर्वेली अर्गानिक कफी उत्पादन तथा प्रशोधन” कम्पनीको अध्यक्षको जिम्मेवारी निर्वाह गर्दै आउनु भएकी सुब्बाले महिला आर्थिक सशक्तीकरणमा बलियो बनाउन सके समाजका हिंसात्मक गतिविधिको न्यूनीकरण गर्न सम्भव हुने धारणा राख्नुहुन्छ । आयआर्जनको बाटो बलियो भयो भने महिला मुक्ति कहाँ सम्भव हुन्छ र ? सुब्बाको अनुभवले यही बुझेको छ । उहाँ भन्नुहुन्छ, “महिलाले आँटे केही कुरा असम्भव छैन ।”