२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

‘सीप र कला कुनै जातको हुँदैन’

‘सीप र कला कुनै जातको हुँदैन’
अ अ+ अ-

महोत्तरी । “सीप र कला जातको हुँदैन, दमाहा बजाउँदा मलाई गर्व महसुस हुन्छ,” दमाहा बजाउँदै गर्नुभएकी यहाँको बर्दिबास–३ पाटुकी निरु पौडेलले भन्नुभयो, “सुरु सुरुमा  कतिले कुरा काटे, बाहुनकी छोरीबुहारीले यो के गरेकी पनि भने, तर मैले आफ्नो काम छाडिन । यसमा नाम र दाम दुवै पाएकी छु ।”

पञ्चे बाजा समूहमा निरु मात्र हुनुहुन्न । क्षत्री, तामाङ्, मगर, कामी, सार्की र दमाईँ समुदायका अन्य महिला पनि छन् । पुरुष, महिला वा यो जात त्यो जात भन्ने छैन । सीप र कला हो । यसमा पोख्त सबै मिलेर ‘समावेसी नौमती पञ्चे बाजा साँस्कृतिक समूह’ गठन गरी व्यवसायिक रुपमा बाजा बजाउँदै आएका छन् । “हाम्रो समूहमा जात र लिङ्गको कुरा हुँदैन, त्यसैले यसको नाम नै ‘समावेसी’ शब्दबाट सुरु गरेका हौँ,” समूहका अध्यक्ष रमेश पौडेल खत्री भन्नुहुन्छ, “यहाँ सीप र कलाको कुरा हुन्छ ।”

पाटु बस्तीका १५ जनाले सुरु गरेका यो समूहलाई मङ्सिर लागेयता फुर्सद छैन । “हामीलाई डाक्ने जतिलाई समय दिन भ्याएका छैनाँै, जम्मा १५ जना छौँ, एकै समयमा बाँडिएर दुई ठाउँसम्म भ्याएका छौँ”, अध्यक्ष खत्रीले भन्नुभयो, “कोही कुरा काट्ने पनि होलान्, तर हामीलाई त तिनका कुरा सुन्ने फुर्सदै पो छैन ।” यो १५ जनाको समूहमा आठ जना महिला छन् ।

समूहमा भाले दमाहावादक सुभद्रा कार्की यो काम व्यवसायमात्र नभएर एउटा विद्रोह पनि भएको बताउनुहुन्छ । “हाम्रो पारम्परिक समाजमा महिलाले यो गर्नु हँुदैन, यो काम त अमुक जातको हो भन्ने सोचले जरा गाडेको छ, यस्तो बेला हामीले ‘दमाहा’ समाएका छौँ, परम्परागत समाजमा यो विद्रोह पनि हो”, उहाँ भन्नुहुन्छ, “अब निरन्तर हामी काममा लागेपछि टिप्पणी गर्ने हराउँदै गएका छन्, हामी व्यवसायी बनेका छौँ ।”

समूहकी भीममाया क्याप्छाकी मगरले सहनाई बजाउन थालेपछि सबै दर्शक मुग्ध देखिन्छन् । “हैन, कस्तो राम्रो मिलेको यिनीहरुको सुरताल”, बर्दिबास–१ का स्थानीय भक्त भण्डारीले भन्नुभयो, “यिनीको कामप्रतिको समर्पण र लगाव तारिफ योग्य छ ।”

केही महिना पहिलेमात्र समूह विधिवत बर्दिबास नगर कार्यपालिकाको कार्यालयमा दर्ता गराएका कलाकारले शुल्कमा पनि आफ्नो स्थानीयलाई विशेष छुट दिने गरेका छन् । बर्दिबास–३ मा आयोजना हुने समारोहमा दैनिक ४५ हजार, बर्दिबास नगरपालिकाका अन्य १३ वडामा ५५ हजार र बर्दिबास बाहिर जानुपरेमा ६५ हजार रुपैयाँ शुल्क तोकेका छन् ।

यो समूहमा आबद्ध भएदेखि घरायसी खर्चको जोहोका लागि कसैलाई गुहार्नु नपरेको झ्यालीवादक जानुका विक बताउनुहुन्छ । “मधेसका सबै जिल्ला पुग्यौँ, जहाँजहाँ पुग्छौ, त्यहाँ हामीलाई बोलाउछन्,” समूहकी सहनाइवादक अञ्जना तामाङले भन्नुभयो, “मान्छेको मायामाले कामप्रति झन् उत्साह बढाएको छ ।” मधेसका जिल्लाबाहेक कोशी प्रदेशको उदयपुर र वागमतीको सिन्धुलीका कैयन समारोहमा सरिक भइसकेको उहाँले जानकारी दिनुभयो ।

आफ्नो समूहप्रति युवा पुस्ताले चाख बढाउँदै लगेको समूहका अध्यक्ष खत्री बताउनुहुन्छ । यो चासोले कामप्रति  विश्वास जगाएको समूहमा आबद्ध कलाकार बताउँछन् । रासस