२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुर्घटनामा एक जनाको मृत्यु



अ+ अ-

सुनसरी। सुनसरी सदरमुकाम इनरुवा–२ मा आज भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा इनरुवा–१० जलपापुरका ३९ वर्षीय हारुन अंसारी रहेको प्रहरी उपरीक्षक केशव थेबेले जानकारी दिनुभयो । इनरुवादेखि बविया जाने क्रममा को७प ४९०५ नम्बरको मोटरसाइकल दुर्घटना हुदाँ उनको मृत्यु भएको हो ।

अंसारी हेलमेट नलगाइ मोटरसाइकल चलाएर इनरुवादेखि बबियातर्फ गइरहेका बेलामा मगर टोलस्थित बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको थियो । गम्भीर घाइते उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।