५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुर्घटनामा एक जनाको मृत्यु



अ+ अ-

सुनसरी। सुनसरी सदरमुकाम इनरुवा–२ मा आज भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा इनरुवा–१० जलपापुरका ३९ वर्षीय हारुन अंसारी रहेको प्रहरी उपरीक्षक केशव थेबेले जानकारी दिनुभयो । इनरुवादेखि बविया जाने क्रममा को७प ४९०५ नम्बरको मोटरसाइकल दुर्घटना हुदाँ उनको मृत्यु भएको हो ।

अंसारी हेलमेट नलगाइ मोटरसाइकल चलाएर इनरुवादेखि बबियातर्फ गइरहेका बेलामा मगर टोलस्थित बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको थियो । गम्भीर घाइते उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।