काठमाडौँ । राजावादीहरुले काठमाडौंको बिजुलीबजारमा प्रदर्शन गरेका छन् ।
शाही युवा शक्ति नेपालको आयोजनामा शनिवार उनीहरुले प्रदर्शन गरेका हुन् ।
राजतन्त्र पुनःस्थापनाको माग राखी प्रदर्शन गरिएको हो । राजतन्त्र पुनःस्थापनाको लागि जनदबाब सिर्जना गर्न शान्तिपूर्ण प्रदर्शन गरिएको शाही युवा शक्ति नेपालले जनाएको छ । प्रदर्शनमा एक दर्जन बढी युवाहरु सहभागी थिए ।
पछिल्लो समय केही समूहहरुले राजतन्त्र पुनः स्थापनाको माग राखी प्रर्दशन गर्ने गरेका छन् ।










