४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत

उद्यमशीलतातर्फ शुक्लागण्डकीका महिला

उद्यमशीलतातर्फ शुक्लागण्डकीका महिला
अ+ अ-

डुम्रे । रैथाने खेतीलाई प्रोत्साहन गर्दै स्वस्थकर खाद्य उत्पादनमा यहाँका महिला जुटेका छन् । महिला उद्यमशीलताको विकाससँगै स्वस्थ्यकर खाद्यवस्तु बजारमा उपलब्ध गराउने उद्देश्यले यहाँका महिलाले ‘शुक्लागण्डकी सातु उद्योग’ सञ्चालन गरेका हुन् ।

तालिमलाई अवसरका रूपमा उपयोग गर्दै महिलाले गत कात्तिक २८ देखि तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौँडा बजारमा स्वस्थकर खाद्यवस्तु उत्पादनका लागि उद्योग सञ्चालनमा ल्याएका हुन् ।

महिला उद्यमी सङ्घ नेपाल शुक्लागण्डकी एकाइमा आबद्ध १३ महिला स्थानीय उपजबाट सातु उत्पादनमा जुटेका शुक्लागण्डकी सातु उद्योगकी संयोजक सरस्वती गौतमले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “गाउँघरमा उत्पादित खाद्यान्न खाएर बाँकी रहेका रैथाने बाली खरिद गरी सातु उत्पादनमा जुटेका छौँ । बजारमा स्वस्थकर खाद्य पु¥याउनुका साथै महिला उद्यमशीलता बढाउँदै आत्मनिर्भर बन्ने हाम्रो लक्ष्य हो ।”

एकाइका १३ जना महिलाले व्यक्तिगत रूपमा रु तीन लाख ५० हजार रकम सङ्कलन गरी सोही लागतमा उद्योग स्थापना गरी रैथाने उत्पादन तथा प्रवर्द्धनमा जुटेको गौतमले बताउनुभयो । उहाँले भन्नुभयो, “उद्योगमा आवश्यक कच्चापदार्थ स्थानीय कृषकबाट खरिद गरिन्छ । उद्योग स्थापनासँगै ग्रामीण क्षेत्रमा पुगेर स्वस्थकर कृषिउपज उत्पादनमा प्रोत्साहन गर्दै आएका छौँ ।”

कृषकले उद्योगमा बिक्रीका लागि ल्याएका उपजमा विषादीको प्रयोग भए÷नभएको परीक्षण गरेर खरिद गर्ने गरिएको गौतमले जानकारी दिनुभयो । गरपालिकाले दिएको आधारभूत र ‘एडभान्स’ ९विस्तृत० तालिमलाई औद्योगिकीरणमा लैजान सहज भएको उद्यमी महिला सङ्घका पदाधिकारीको भनाइ छ । उद्योग सञ्चालन गर्न आधारभूत तालिमले सम्भव नभएपछि एडभान्स तालिमपश्चात् उद्योग सञ्चालन गरिएको बताइएको छ ।

उद्योगका उपाध्यक्ष कमला सिग्देलले महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यसहित स्वस्थकर खानाको प्रवर्द्धनमा यहाँका महिला जुटेका बताउनुभयो । उहाँले स्थानीय उत्पादनलाई उद्योगमार्फत प्रयोगमा ल्याउनुका साथै यसले महिलाको आर्थिकस्तर सुधार गर्ने धारणा राख्नुभयो ।

“नगरपालिकाले दिएको तालिमलाई व्यवहारमा उतारेर आर्थिक रूपमा महिलालाई समृद्ध बनाउने उद्देश्यले उद्योग सञ्चालन गरिएको हो”, सिग्देलले भन्नुभयो । चुल्होचौकोमा सीमित महिलालाई आयसँग जोड्ने लक्ष्य लिइएको भन्दै उहाँले स्थानीय उत्पादनमार्फत आर्थिकस्तर सबल बनाउने विश्वास व्यक्त गर्नुभयो ।

सातु उद्योग स्थापनासँगै यहाँका रैथाने उत्पादनलाई यही खपत गर्न सकिने भएको छ । स्थानीयस्तरमा उत्पादन भएका खाद्यवस्तुको उपयोग भएको भन्दै उद्योगका सचिव सपना पराजुलीले स्थानीयस्तरमा उत्पादित मकै, भटमास, फापर, कोदोलगायत खाद्यवस्तुबाट सातु बनाइने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ग्रामीण भेगमा फलेका स्थानीय तथा रैथाने बालीको उपयोगलाई प्राथमिकता दिइएको छ ।”

शुक्लागण्डकी–४ का वडाध्यक्ष राजकुमार वाग्लेले वडाकै गहनाका रूपमा उद्योग स्थापना भएको बताउनुभयो । उहाँले भन्नुभयो, “नगरपालिका वा वडाले दिएको तालिम यसअघि तालिममा मात्रै सीमित हुने गरेका थियो । अहिले महिलाले तालिमलाई अवसरका रूपमा उपयोग गर्नुभएको छ ।” यस उद्योगमार्फत स्वस्थकर खाना, खाजा पाउनुका साथै आर्थिक रूपमा महिलालाई समृद्ध हुने उहाँको भनाइ छ ।

शुक्लागण्डकी–४ दुलेगौँडा बजारका विष्णुबहादुर महतले जैविक र अग्र्यानिक विधिबाट उत्पादित स्वस्थकर खाद्यवस्तुका रूपमा सातु पाइएको बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँको उत्पादन उपयोग गर्न थालेपछि बजारमा आएका पाउडर मिसिएका खाद्यवस्तु चिन्न सकिएको छ । उद्योगमा पुगेर सातु ल्याउने गरेको छु । आगामी दिनमा आफन्तका लागि पनि उपहारका रूपमा सातु लैजाने तयारी गरिरहेको छु ।”

उहाँले भन्नुभयो, “प्याकेजिङ अङ्ग्रेजीमा पनि बनाउन सकिएमा विदेश सप्लाई गर्न सजिलो हुन्छ । विदेशमा आफन्तलाई अग्र्यानिक उत्पादन पठाउन पाउने व्यवस्था उद्योगले गर्नुपर्छ ।” कुनै पनि बाह्य पदार्थको मिश्रण नभएका खाद्य सातु खाएपछि बाहिरबाट लिन मन नलागेको महतले बताउनुभयो । यहाँको सातु स्वादिलो र स्वस्थकर रहेको उहाँको भनाइ छ ।

उद्योग भर्खर मात्रै सञ्चालनमा ल्याइएकाले प्रभावकारी बजारीकरण हुन नसकेको उद्योगका सदस्यको भनाइ छ । उत्पादन सुरुआतको चरणमा रहेकाले शीघ्र स्थानीय पसलमार्फत सातु बिक्रीको व्यवस्थापन गर्ने तयारी भइरहेको उद्योगले जनाएको छ । यहाँ मकै, भट्टमास, चना, फापर, कोदोलगायतका अन्नबाट बनेका सातु, पिठो तथा चिउरालगायत स्थानीय खाद्य परिकार उत्पादन हुन्छन् ।

शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले हानिकारक ‘फास्ट फुड’ले रोग बढाइरहेको अवस्थामा स्वस्थकर उत्पादनका लागि स्थापित उद्योगले छिट्टै बजारमा स्थान बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “प्रविधिको युगमा अस्वस्थ खाद्यले मानिस निराश भएका छन् । यस उद्योगमार्फत जैविक उत्पादनको उपयोगले स्वास्थ्यलाई राम्रो सहयोग पुग्नेछ ।” सातुलाई खाजाका रूपमा प्रयोग गर्न प्रोत्साहित गरिने उहाँले बताउनुभयो ।

नगरप्रमुख पण्डितले भन्नुभयो, “विशेषगरी स्थानीयस्तरमा उत्पादित खाद्यको मात्रा मिलाएर सातु बनाइएको छ । बालबालिकालाई खुवाउने सर्वोत्तम पिठो प्रयोग गर्नुभन्दा सातुको उपयोग गर्न सकिन्छ । यहाँका विद्यालयमा दिइने खाजामा पनि सातु प्रयोग गर्न सुझाउनेछौँ । यो बालबालिकाका लागि स्वस्थकर खाना, खाजा हुनेछ ।” रासस