७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar राष्ट्र बैंकद्वारा ६ लघुवित्त वित्तीय संस्थालाई कारवाही News Polar राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता News Polar एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी News Polar संरक्षणलाई संरक्षित क्षेत्रको सीमाभन्दा बाहिर विस्तार गर्नुपर्छ : मन्त्री चौधरी News Polar पठन संस्कृति हराउँदै गएकोमा चिन्ता, पुस्तकालयलाई सिकाइको केन्द्र बनाउन सुझाव News Polar भोटेकोशी बाढीलाई जलवायु परिवर्तनजन्य चरम घटनाका रूपमा महासभामा उठाउने सरकारको तयारी News Polar जलवायु न्यायको मुद्दामा भोटेकोसी ‘टर्निङ पोइन्ट’ बन्नुपर्छ : विश्वप्रकाश शर्मा News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

अहिलेको उपलब्धी संघीय लोकतान्त्रिक गणतन्त्रलाई टेकेर आएको होः अध्यक्ष दाहाल

अहिलेको उपलब्धी संघीय लोकतान्त्रिक गणतन्त्रलाई टेकेर आएको होः अध्यक्ष दाहाल
अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले अहिलेको उपलब्धी संघीय लोकतान्त्रिक गणतन्त्रलाई टेकेर आएको बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा पत्रकार दीपेन्द्र शर्माको युद्ध पत्रकारिता पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले सशस्त्र द्वन्द्वताका पत्रकारिता गर्न धेरै कठिनाइहरु रहेको पनि स्मरण गर्नुभयो । आफूले भारतमा रहेर नेपालको क्रान्तिका लागि पत्रकारिता गरेको बताउनु भयो । उहाँले अहिले सबैलाई संघीय लोकतान्त्रिक गणतन्त्रको जगमा टेकेर अघि बढ्न प्रेरित गरिरहेको बताउनु भयो । युद्धताका मायाप्रसाद शर्मा जाजरकोटको जिल्ला इन्चार्ज रहनुभएको र उक्त जिल्लामा आफूहरु लुक्नका लागि एक क्वीन्टलको बम खसालेको खण्डमा पनि क्षति नहुने गरी अण्डरग्राउण्ड हल बनाएर बसेको बताउनु भाये ।

उहाँले भन्नुभयो, ‘यहाँ नेपालमा वैधानिक ढंगले चलेका पत्रपत्रिका र पत्रकारलाई पनि ठूलो यातना दिइयो । दमन भएको थियो । यो सबैको वियोगबाट प्राप्त भएको नेपालको गणतन्त्र, संघीयता यि सबै विषयमा हामी आफूलाई यिनै उपलब्धीहरुको जगमा टेकेर अघि बढ्न प्रेरित गरिरहेको हुन्छ । त्यो प्रेरणा हामीले लिइरहनुपर्छ । त्यो क्रममा धेरै साथीहरुले ज्यान गुमाउनु भयो । राजनीतिक जीवनको यात्रामा राजनीतिक जिम्मेवारी लिएपनि दण्डपाणि न्यौपाने उहाँ पनि बेपत्ता हुनुभयो । हामी पारसमणि भन्थ्यौँ त्यो बेलामा अहिले मायाप्रसाद भनेर चिन्नुहुन्छ । उहाँ इन्चार्ज हुनुहुन्थ्यो त्यो जिल्लामा । त्यो बेलामा एक क्वीन्टलको बम माथिबाट खसाले पनि क्षति नहुने खालको अण्डरग्राउण्ड हल बनाएका थियौँ ।’

अध्यक्ष दाहालले पुस्तक युद्ध पत्रकारिता युद्धको ऐना भएको जिकिर गर्नुभयो ।