१५ श्रावण २०८३, शुक्रबार
,
Latest
सूचना माग्दा सर्तमाथि सर्त थप्दै केयूकेएल, संविधानविद् भन्छन् ‘असंवैधानिक’ फ्रान्स छोड्न आदेशपछि रूसी टिप्पणीकारको विरोध मध्यपूर्व तनावको असरः युरो क्षेत्रमा मुद्रास्फीति वृद्धि चलचित्र ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक चितवनमा सामाजिक सद्‌भाव र्‍यालीको आयोजना गरिने सामाजिक एकता र सद्भाव कायम राख्न कास्कीका दलको अपिल ‘विविधतामा एकता नै हाम्रो शक्ति हो, यसलाई खल्बलिन दिनु हुँदैन’: पूर्वराष्ट्रपति डा. यादव विधि विज्ञान प्रयोगशाला विधेयक ‘डीएनए डाटा बैंक’सम्बन्धी व्यवस्था गरिनुपर्छः डा. लेखजंग थापा विद्यमान समस्या समाधान गर्न तीन तहबीच समन्वय आवश्यकः सञ्चारमन्त्री मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखराको पहिलो जित, जनकपुरको लगातार तेस्रो हार



अ+ अ-

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज बिहीबार भएको दोस्रो खेलमा पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्सलाई २५ रनले पराजित गरेको छ ।

पोखराले दिएको १५६ रनको विजयी लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३० रन बनाएको हो।

जनकपुर बोल्ट्सका लागि आठौँ क्रमका ब्याटर वायन पार्नेलले अर्धशतक पूरा गरे। उनले ३८ बलमा २ चौका र ४ छक्कासहित ५० रन पूरा गर्दै रिटायर्ड हर्ट हुँदै मैदानबाट बाहिरिए। १९ औँ ओभरमा खुट्टामा क्रयाम्प आउँदा उनले अर्धशतक पूरा गर्दै मैदानबाट बाहिरिएका हुन्।

सुरुवाती २ विकेट सस्तैमा गुमायो। तेस्रो विकेटका लागि निकोल लोफ्टी इटोनसँग माज सदाकले १४ रनको साझेदारी गरे।

आसिफ शेख गोल्डेन डक हुँदा शुभ कंसाकर ४ रन र निकोल लोफ्टी इटोन २ रनमा पेभेलियन फर्किए। चौथो विकेट माज सदाकको गयो। उनले १४ बलमा १ चौका र २ छक्कासहित २० रन बनाए।

पाँचौं विकेट कप्तान अनिल शाहको गयो । छैटौं विकेट मयन यादवको रूपमा जनकपुरले गुमायो। सातौँ विकेट सञ्जय कृष्णमुर्तीको गयो ।