४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या

पातपतिङ्गरबाट जैविक मल उत्पादन गर्दै स्थानीय

पातपतिङ्गरबाट जैविक मल उत्पादन गर्दै स्थानीय
अ+ अ-

गण्डकी । पोखरा महानगर–१८ स्थित ठोट्ने खोला सामुदायिक वन उपभोक्ता समूह सराङकोटले जैविक मल उत्पादन सुरु गरेको छ ।

सो समूहले वन क्षेत्रमा थुप्रिएको पातपतिङ्गर र झाडी सङ्कलन गरी जैविक मल उत्पादन सुरु गरेको हो । वातावरण संरक्षण, जैविक विविधता प्रवर्द्धन तथा माटोको उर्वराशक्ति वृद्धि गर्दै प्राकृतिक स्रोत उपयोग गरेर हरित रोजगार सिर्जना गर्ने मुल उद्देश्यका साथ समूहले जैविक मल उत्पादनमा जोड दिएको समूहका अध्यक्ष दिनेश श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार समूहले वन क्षेत्रको अँधेरीकुनामा सङ्कलन गरेको वन पैदावारलाई नवीनतम् प्रविधि प्रयोग गरी मलमा परिणत गरेको छ । समूहले पहिलो पटक ३५ हजार किलो मल उत्पादन गरेर बिक्री गरेको छ । ठोट्ने खोला कृषि सहकारी संस्था लिमिटेडमार्फत् समूहले बजारीकरण गरिरहेको छ । जैविक मल प्रति किलो २५ रुपैयाँ र गडेँउले ९वर्मि० मल प्रति किलो ४० रुपैयाँमा बिक्री हुँदै आएको छ । समूहले पहिलो पटक उत्पादित मल बिक्री गरी १३ हजार रुपैयाँ आम्दानी गरेको छ ।

अध्यक्ष श्रेष्ठले भन्नुभयो, “जैविक मल प्रयोगले माटोको जैविक तत्व वृद्धि गर्ने, उर्वराशक्ति दिगो राख्ने र रसायनिक अवशेषमुक्त उत्पादनलाई प्रोत्साहन गर्नेछ ।” सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालको ‘एक वन, एक उत्पादन’ अभियान अन्तर्गत सुरु गरिएको परियोजनाबाट हरित रोजगार सिर्जना हुनाका साथै जैविक कृषि अभ्यास बढ्ने र वातावरण अनुकूलन उत्पादन प्रणाली विस्तार हुने उहाँको भनाई छ ।

पातपतिङ्गरलाई आधुनिक मेसिनद्वारा कटिङ गरी सानो आकारको बनाएर हरियो प्लाष्टिक टनेल भित्र राखिन्छ । सो टनेलमा गँड्यौलाको प्रयोग गरी मल बनाउने गरिन्छ । सो कार्यका लागि जैविक विविधता अनुसन्धान र विकास पहल (लिवर्ड) ले २५ हजार गँड्यौलासहित आवश्यक भौतिक संरचना निर्माणमा सहयोग गरेको छ ।

हरियो पातपतिङ्गरको प्रति केजी तीन र सुकेको प्रति केजी पाँच रुपैयाँका दरले वन समूहले खरिद गर्दा चार लाख रुपैयाँ भन्दा बढी खर्च भएको जनाइएको छ । गण्डकी प्रदेश सरकार कृषि तथा भूमि व्यवस्था मन्त्रालय कृषि विकास निर्देशनालय माटो तथा मल गुणस्तर परीक्षण प्रयोगशालाको प्रतिवेदन अनुसार आवश्यक मापदण्ड पूर्ण भएको प्रमाणित भइसकेको छ ।

उत्पादित मलमा चिस्यान ८ दशमलव १, पिएच ६ दशमलव २, नाइट्रोजन १ दशमलव ३, फस्फोरस ० दशमलव ५, पोटासियम ३ दशमलव ०३ र कार्वन २५ दशमलव ३४ प्रतिशत रहेको प्रयोगशालाको प्रतिवेदनमा उल्लेख छ । समूहका सदस्य एवम् कृषि प्राविधिक प्रशान्त श्रेष्ठकाअनुसार समूहले कौशीखेतीका लागि पाँच र कृषिका लागि २० केजीको मलको प्याकेट तयार गरेको छ ।

उहाँले डिभिजन वन कार्यालय कास्कीले भौतिक पूर्वाधार निर्माणका लागि चार लाख ५० हजार रुपैयाँ र गण्डकी जलाधार जलवायु उत्थानशील कार्यालयले कृषि पाठशाला सञ्चालनका लागि तीन लाख ५० हजार रुपैयाँ प्राप्त भएको जानकारी दिनुभयो ।

८६ दशमलव ७५ हेक्टरमा फैलिएको उक्त वनमा हाल १९२ घरपरिवार उपभोक्ता छन् । गण्डकी प्रदेशअन्तर्गत नवलपुर जिल्लास्थित विनयत्रिवेणी गाउँपालिकाको विनयी सामुदायिक वन समूहले विगतदेखि जैविक मल उत्पादन गर्दै आएको छ । पछिल्लो समय गाउँपालिकाले अपनत्व लिएको सो उद्योगमा हाल ८० जनाले प्रत्यक्ष रोजगार प्राप्त गरेको समूहले जनाएको छ । रासस