२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवी बोपरा बने एनपिएलमा ह्याट्रिक अर्धशतक हान्ने पहिलो खेलाडी



अ+ अ-

काठमाडौँ, १० मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजका रवी बोपराले लगातार तीन अर्धशतक जोडेका छन् ।

बोपराले तेस्रो अर्धशतक विराटनगर किङ्ग्सका विरूद्ध पूरा गरेका हुन् । उनले २९ बलमा ३ छक्का र दुई चौकाको मद्दतमा ५० रन पार गरे । ३८ बल खेलेका बोपरा चार छक्का र तीन चौकाको मद्दतमा ६५ रन जोडेर आउट भए ।

यसअघि उनले कर्णाली याक्स र लुम्बिनी लायन्सका विरूद्ध पनि अर्धशतक जोडेका थिए । योसँगै बोपरा जारी एनपिएलमा ह्याट्रिक अर्धशतक हान्ने पहिलो खेलाडीसमेत बनेका हुन् ।

त्यसैगरी पोखरा एभेञ्जर्सका कुशल भुर्तेलले दुई अर्धशतक जोडेका छन् । भुर्तेल, बोपरासँगै सुदूरपश्चिम रोयल्सका जोश ब्राउन, सुदूरपश्चिमकै हरमित सिंह, विराटनगर किङ्ग्सका ब्याटरद्वय लोकेश बम र मार्टिन गुप्टिल, कर्णाली याक्सका प्रियान्क पञ्चाल र जनकपुर बोल्ट्सका आशिफ शेख पनि अर्धशतक जोड्नेको सूचीमा छन् ।

कर्णालीका मार्क वाटमात्रै जारी प्रतियोगितामा हालसम्म शतक हिर्काउने खेलाडी हुन् । रासस