२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दृष्टिविहीन महिला टी–२० विश्वकपमा उपविजेता टोलीलाई क्यानको १० लाखसहित सम्मान



अ+ अ-

काठमाडौँ। दृष्टिविहीन महिला टी–२० विश्वकपमा उपविजेता नेपाली क्रिकेट टोलीलाई नेपाल क्रिकेट सङ्घ (क्यान)ले नगदसहित सम्मान गरेको छ ।

त्रिभुवन विश्वविद्यालय क्रिकेट रङ्गशालामा एक कार्यक्रमका बीच आज क्यानले उक्त टोलीलाई रु १० लाख नगदसहित सम्मान गरेको हो । दृष्टिविहीन महिला  टोलीले ऐतिहासिक उपलब्धि र नेपाली क्रिकेटको  गौरव बढाएको भन्दै क्यानले सम्मान गरेको जनाएको छ ।

सम्मान कार्यक्रममा क्यानका सचिव पारस खड्कालगायतको उपस्थिति रहेको थियो । श्रीलङ्कामा हालै सम्पन्न दृष्टिविहीन महिला टी–२० विश्वकपको फाइनलमा नेपाल भारतसँग पराजित भएको थियो । रासस