२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल–श्रीलङ्का व्यापार र हवाई सेवा विस्तार गर्न चेम्बरको पहल



अ+ अ-

काठमाडौँ। नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी र नेपालका लागि श्रीलङ्काका राजदूत रुवान्थी डेल्पितीयाबीच दुई देशबीचको व्यापार सहजीकरण तथा हवाई सेवा विस्तारका विषयमा आज काठमाडौँमा छलफल भएको छ ।

छलफलका क्रममा नेपाल–श्रीलङ्काबीचको ऐतिहासिक कूटनीतिक, सामाजिक, सांस्कृतिक तथा धार्मिक सम्बन्धलाई अझ सुदृढ बनाउँदै व्यापार विस्तार र पर्यटन प्रवद्र्धनमा सहकार्य गर्नुपर्ने साझा धारणा बनेको चेम्बरले जनाएको छ ।

चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवालले नेपाल–श्रीलङ्का व्यापारको वार्षिक औसत आकार करिब दुई दशमलव ५ मिलियन अमेरिकी डलर मात्र रहेको उल्लेख गर्दै दुई देशबीच व्यापार असन्तुलन रहेको जानकारी दिनुभयो । उहाँका अनुसार नेपालले एक दशमलव ४० मिलियन डलर बराबरका वस्तु आयात गर्दा निर्यात शून्य दशमलव ७० मिलियन डलरमै सीमित रहेको छ ।

चेम्बरले व्यापार विस्तारका लागि चेम्बरले कृषि, जलविद्युत्, सूचना प्रविधि तथा डिजिटल व्यापार, भौतिक पूर्वाधार र निर्माणलगायत क्षेत्रमा द्विपक्षीय लगानी तथा व्यापार सहजीकरण गर्न सकिने प्रस्ताव राजदूतसमक्ष राखेको अध्यक्ष अग्रवालले जानकारी दिनुभयो ।

पर्यटन प्रवद्र्धनका लागि सातामा कम्तीमा एक उडान श्रीलङ्का–लुम्बिनी तथा लुम्बिनी–श्रीलङ्का सीधा हवाई सेवा सञ्चालन गर्न सकिने प्रस्ताव चेम्बरले अघि सारेको छ । यसले श्रीलङ्काका बौद्ध धर्मावलम्बी पर्यटकलाई नेपाल आकर्षित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अध्यक्ष अग्रवालको विश्वास व्यक्त गर्नुभयो । साथै, श्रीलङ्का भ्रमणमा जाने नेपाली पर्यटकका लागि भिसा निःशुल्क व्यवस्था गर्न पनि चेम्बरले अनुरोध गरेको छ ।

भेटवार्तामा राजदूत डेल्पितीयाले व्यापार अभिवृद्धिका सम्भावनाहरू सकारात्मक रहेको भन्दै नेपालसँग व्यापार सहजीकरणका क्षेत्रमा आवश्यक सहयोग तथा पहल गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो । साथै, आगामी जुन महिनामा श्रीलङ्कामा आयोजना हुने अन्तर्राष्ट्रिय व्यापार मेलामा सहभागिता जनाउन चेम्बर प्रतिनिधिहरूलाई उहाँले आग्रह गर्नुभयो ।

छलफलले दुई देशबीच व्यापार, पर्यटन र आर्थिक साझेदारी विस्तारको दिशामा सकारात्मक वातावरण निर्माण गरेको चेम्बरले जनाएको छ ।